काभ्रेपलान्चोक – एसोसियसनले आईतबार विज्ञप्ती जारी गर्दै टाईम कार्ड व्यवस्था अव्यवहारिक रहेको भन्दै हटाउन माग गरेको हो ।

बिहान १० बजे भित्र ढुवानी गरिसक्नुपर्ने व्यवस्थाले दुग्धजन्य वस्तु ओसारपसार गर्न असहज हुने भन्दै यो व्यवस्था हटाउन एसोसिएसनले माग गरेको हो ।

औषधी र खानेपानी ढुवानीलाई छुट दिएजस्तै डेरी क्षेत्रलाई पनि समयसिमा नतोकी बिना रोकतोक संचालन गर्न दिनका लागि एसोसिएसनले सरकार समक्ष जोडदार माग गरेको कुरा महासचिव प्रल्हाद दाहालद्वारा हस्ताक्षरित प्रेस रिलिजमा उल्लेख गरेको छ ।