काभ्रेपलान्चोक – नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघ (डब्ल्यू . के. के. आ. नेपाल)  विश्वभरी फैलिएकाे माहामारी COVID-19 काे कारण नेपाल सरकारले गरेकाे लकडाउनमा नेपालमा पनि दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने अप्ठ्याराेमा परिवारका कराँते खेलाडीहरुलाई संघले खाद्यान्न प्याकेज सहयाेग गर्ने क्रममा काभ्रेमा पनि ७५ जना खेलाडीहरुकाे घर परिवारलाई बितरण गरेकाे छ ।

यसरी केन्द्रीय संघले गरीब खेलाडीहरुलाई खाधान्न बितरण गरेकाेमा काभ्रे भैसीपाटी डाेजाेका प्रमुख प्रशिक्षक गाेपाल भुजेलद्वारा खुशि व्यक्त गर्नुभयाे र भन्नु भयाे हाम्राे क्याेकुशिन-सेईसिन कराँते संघ मात्र यस्ताे संघ हाे जसले प्रत्येक असहज परिस्थितिमा खेलाडीहरुलाई सहयाेग गर्दछ । हाम्राे संघले याे लकडाउनमा मात्र नभई २०७२ सालकाे महाभुकम्पमा पनि खेलाडीहरुलाई राहत बितरण गरेकाे थियाे ।

याे लकडाउनमा संघले राष्ट्रीय खेलकुद परिषदका आदरणीय सदस्य सचिव रमेश सिलवाल, नेप्लिज फ़ेशन हाेमकाे सहकार्यमा याे लकडाउनकाे कारण पिडीत खेलाडीहरुलाई सहयाेग कार्यक्रम ल्याएकाे नेपाल क्याेकिशिन सेईसिन काईकान कराँते संघकाे अध्यक्ष शिहान अशाेक कुमार श्रेष्ठले जानकारी दिनु भयाे।

शिहान अशाेक कुमार श्रेष्ठ नेपालकाे फुलकन्ट्याक्ट कराँतेकाे क्षेत्रमा नेपालकै पहिलाे अन्तराष्ट्रीय ६ डान प्राप्त ब्ल्याक बेल्ट हुनुहुन्छ र उहाँलाई हालै अन्तराष्ट्रीय कराँते महासंघ, स्विट्ज़रलैंडद्वारा “सीनियर मास्टर अफ द ईयर २०१९” काे गाेल्ड अवार्डबाट सम्मानित गरिएकाे थियाे ।

उहाकाे भनाई अनुसार हाम्राे खेलकुदकाे मुख्य उद्देश्य भनेकाे राम्राे खेलाडीहरुकाे उत्पादन गरेर देशकाे नामलाई अन्तराष्ट्रीयमा उच्च राख्नु त हुदै हाे त्यसकाे बावजूद पनि असल तथा सामाजिक उत्तरदायित्व प्रति ज़िम्मेवार कराँते खेलाडीहरुकाे रुपमा समाजमा उनीहरुलाई स्थापित गर्नु पनि यस संघकाे लक्ष्य रहेकाे छ ।

यस संघले हाल लकडाउनबाट दैनिक जीवनयापन गर्न अप्ठ्याराेमा परेका खेलाडीहरुकाे परिवारलाई सहयाेग कार्यक्रम काठमाण्डाै उपत्यका तथा आसपासकाे जिल्लामा मात्र गरिएकाे छ । अन्य कराँते संघहरु भन्दा भिन्न खालकाे क्रियाकलाप गर्दै आएकाे याे संघले आफु अन्तर्गतकाे डाेजाेका खेलाडीहरुलाई तिनीहरुकाे आर्थिक अवस्था हेरी निःशुल्क तालिम, नि:शुल्क बिधालय पाेशाक, ब्याग तथा स्टेशनरीका सामाग्रीहरु बार्षिक रुपमा बितरण गर्दै आएकाे छ संघका उपाध्यक्ष हेमा मानन्धरले बताउनु भयाे ।हाल सम्म खाधान्न प्याकेज कार्यक्रमबाट ४७५ खेलाडी परिवारहरु लाभान्वित भईसकेकाे छ ।