काभ्रेपलान्चोक – कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कपिलवस्तुको यशाेधरा गाउँपालिकाका १८ वर्ष देखि ३४ वर्षका पुरुषमा कोरोना देखिएकाे छ।
संक्रमितमध्ये हालसम्म ३३ जना उपचारपछि डिस्जार्च भएका छन्। वीरगञ्जमा २७, नेपालगञ्जमा २४, विराटनगरमा १९, रुपन्देहीमा १६ र भरतपुरमा १ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।








