काभ्रेपलान्चोक – धुलिखेल नगरपालिका वडा नम्बर २ रबिओपिमा आज वडाका दैनिक ज्यालादारी काम गर्न मजदुर र विपन्न वर्गका मानिसहरु लाई राहत वितरण गरिएको छ ।

कोरोना भाइरस कोभिड -१९ संक्रमण रोकथाम नियन्त्रणका लागि नेपाल सरकारले देश लाई नै लकडाउन लगाएको पनि एक महिना भन्दा बढि भैसकेको छ । यस बाट दैनिकी ज्यालादारी काम गर्न मजदुरहरु लाई गुजरा चलाउन निकै समस्या भएको छ । यस्तो अवस्थामा काठमाडौंमा रहेको शिखरदिप एग्रो प्रा.लि ले धुलिखेल नगरपालिका वडा २ लाई राहत सामाग्री सहयोग गरेको छ ।

धुलिखेल नगरपालिका वडा २ का अध्यक्ष देव प्रसाद कोइराला लाई शिखरदिप एग्रो प्रा.लि ले ३५ जना लाई चामल १२ किलो आधा, दाल ८०० ग्राम , नुन १ प्याकेट हस्तान्तरण गरेको शिखरदिप एग्रो प्रा.लिका काभ्रे जिल्ला सब – इन्चार्ज द्वारिका गौतमले राम्रो सन्देश डट कम लाई जानकारी दिनुभयो ।

२ नम्बर वडा कार्यालयले आफ्नो वडा भित्र दैनिक ज्यालादारी काम गर्न मजदुहरु तथा विपन्न बर्गका मानिसहरु लाई चामल १० किलो, नुन १ प्याकेट, दाल १ किलो र तेल १ प्याकेट गरि १२५ जनालाई राहत हस्तान्तरण गरेको वडा सचिब सुनिता शर्माले जानकारी दिनुभयो ।

शिखरदिप एग्रो प्रा. लि ले ३५ जना लाई राहत सामाग्री सहयोग गरेको थियो भने धुलिखेल नगरपालिका वडा २ ले १२५ जना लाई राहत सामाग्री हस्तान्तरण गरिएको थियो । धुलिखेल २ नम्बर वडाले आज दुबै गरि १६० जनालाई राहत वितरण गरिएको थियो ।

यसरी दिन दुखीहरु लाई आफ्नो कम्पनीले दिएका सामाग्रीहरु हस्तान्तरण गर्न पाउँदा निकै खुशी मिलेको र दिन दुखी दैनिक ज्यालादामरी काम गर्न मजदुर निम्न वर्गका मानिसलाई अझै कम्पनीले सहयोग गर्ने शिखरदिप एग्रो प्रा. लि का काभ्रे इन्चार्ज प्रेम काजी अवालले बताए ।