काभ्रेपलान्चोक – काभ्रेपलान्चोक जिल्लाको कोशिपारिमा रहेको भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलातीमा राहत वितरण गरिएको छ ।

भुम्लु गाउँपालिकाको सहयोगमा ७० जना र जापानमा रहनुभएका हबलचन्द्र लामाले संकलन गरि प्रदेश सांसद लक्षमण लम्साल मार्फत पठाएको आर्थिक सहयोगले ४४ जनालाई राहत वितरण गरेको हो ।

राहत सामग्रीमा दाल, चिनी, नुन, हातधुने साबुन र चियापत्ती दिइएको बताइएको छ ।

वडाका अति विपन्न र दैनिक ज्याला गरी गुजरा गर्दै आएका परिवारलाई राहत सामग्री वितरण गरेको वडाध्यक्ष भरत बहादुर शिवभक्तीले बताउनुभयो ।