काभ्रेपलान्चोक – नेपालमा हाल कोरोना संक्रमितको सङ्ख्या ४१ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा कोरोना आशङ्का गरिएका आठैजनामा भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ भने टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ जनाको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
यसअघि मंगलबार दिउँसो एक जना र केही समअघि आठ जना गरी आजै ९ जनामा कोरोना संक्रमण पुष्टि गरिएको थियो । यसअघि नेपालमा कोरोना संक्रमितको सङ्ख्या ३१ थियो भने आज थप १० कोरोना संक्रमित भएसँगै नेपालमा हाल कोरोना संक्रमितको सङ्ख्या ४१ पुगेको छ ।
हालसम्म कोरोना संक्रमणको उपचारपछि पाँच जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।








