पलान्चोक – पाँचखाल नगरपालिका वडा नम्बर ९ ले सबै घरधुरीमा पुगेर स्वास्थ्य जाँच गरेर विभिन्न सामग्री बितरण गरेको छ ।
विभिन्न निकायको सहयोगमा वडाभित्र रहेका ८ सय ३२ घरधुरीमा प्रतेक घरघरमा पुगेर वडाबासिको स्वास्थ्य चेकजाँच तथा स्वास्थ्य सामग्री बितरण गरेको वडा अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो । वडाले विभिन्न सहकारी दूध डेरि प्रहरी कार्यालय बिद्धुत नोलाइट जस्ता सेवाग्राही कार्यालयहरुमा पनि स्वास्थ्य सामग्री बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।








