काभ्रे – नेशनल वेयर एन्ड युनिफम हाउस, मेरो टेलर्स र दि मार्क फेर्दिक्सले इप्रका बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेलाई पिपिई र माक्स बितरण गरेको छ ।

विश्वभर फैलिरहेको कोरोना भाईरसका कारण देश नै त्रासित अवस्थामा भएको बेला यस महामारिको प्रभाब हाम्रो मुलुकमा पनि बिस्तार हुन नपाओस भनी नेपाल सरकारले यती बेला देश नै लकडाउन लगाएको छ ।

लकडाउन नभनी दिनरात जनताको लागी खटिने सुरक्षाकर्मीहरुलाई नेशनल वेयर एन्ड युनिफम हाउस, मेरो टेलर्स र दि मार्क फेर्दिक्सले इलाका प्रहरी कार्यालय बनेपालाई ५ थान पिपिई र १५० वटा माक्स हस्तान्तरण गरेको छ ।

सोही दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेलाई पनि नेशनल वेयर एन्ड युनिफम हाउस, मेरो टेलर्स र दि मार्क फेर्दिक्सले ५ थान पिपिई र १५० वटा माक्स हस्तान्तरण गरेको हो ।

इल्लाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिना र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेप्रमुख बिशाल तामाङ्ले नेशनल वेयर एन्ड युनिफम हाउस, मेरो टेलर्स र दि मार्क फेर्दिक्सलाई सहयोग प्रती धन्यवाद ब्यक्त गरेका थिए