मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा खटिएका प्रहरीको तलब काटिने !


 

काभ्रेपलान्चोक – बनेपा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरि कोरोना कोषमा जम्मा गर्ने भएको छ ।

सामाजिक सञ्जालमा थुप्रैले सांसद विकास कोषको रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न सुझाव दिएका थिए । प्रधानमन्त्री ओलीको सम्बोधनमा धेरैले अपेक्षा गरेका थिए कि मन्त्री र सांसदको तलब नकाटिने छ भनेर तर त्यसो हुन सक्ने ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागले सबै कार्यालयलाई परिपत्र गर्दै प्रहरी सहायक निरीक्षकदेखि महानिरीक्षकसम्मको तलब कट्टा गर्न निर्देशन दिएको छ ।

वैशाख महिनाको तलबबाट कट्टा गरी तत्काल वाणिज्य बैंकमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न गराउन निर्देशन दिइएको छ । कसको तलब कति काटिन्छ ? हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्