बेथानचाेक नारायणस्थानमा मुर्ति स्थापना


बनेपा – काभ्रेपलान्चोक जिल्ला दक्षिण भेगमा अवस्थित समुन्द्री सतहबाट ३०१८ मिटर अग्लाे स्थानमा चैत्र पुर्णिामा हनुमान जयन्तीको अवसर पारेर बेथानचाेक नारायणस्थानमा लक्ष्मि नारायणकाे मुर्ति स्थापना गरिएको छ ।

बेथानचाेक गाउपालिका वडा नं ३ का अध्यक्ष दिल बहादुर श्रेष्ठकाे अगुवाईमा उक्त मुर्ति स्थापना गरेको स्थानिय धार्मिक व्यक्तित्व ज्ञण प्रसाद तिमल्सिनाले जानकारी दिनुभएकाे छ ।

पनाैती श्रीराम पाटी प्यालेसका प्राेपाईटर लक्ष्मण थापाले १०८ के.जि भन्दा बढिकाे मुर्ति बेथानचाेकलाई उपलव्ध गराउनु भएकाे थियाे ।वडा अध्यक्षकाेअनुसार मन्दिर परिसरमा एउटा ठुलाे ढुंगा छ त्यस ढुंगामा कालिगढ ल्याएर नारायणकाे मुर्ति काेर्ने कुरा पनि व्यक्त गर्नुभयाे ।

 

देउरालीमा बुद्ध मुर्ति स्थापना गर्ने त्यसले पर्यटनलाई थप अार्कषण गर्ने र पर्यटन प्रवर्द्धनका लागि ३०० मिटर लामाे पुल निर्माणकाे लागि डिपिअा तयार भएकाे कुरा वडा अध्यक्षले हाम्रो सम्वाददातालाई जानकारी गराउनु भयाे साथै मुर्ति स्थापना गर्न सहयाेग गर्ने सबै स्थानियलाई धन्यवाद ज्ञापन गर्नुभएकाे छ।

प्रतिक्रिया दिनुहोस्