निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन हिजोदेखि १७ गतेसम्म देशव्यापी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र मतदान विधिबारे मतदातालाई समयमै जानकारी गराउने उद्देश्यले विशेष मतदाता शिक्षा कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याएको । आयोगका अनुसार आमसञ्चार माध्यम, सामाजिक सञ्जाल तथा स्वयंसेवक परिचालनमार्फत कार्यक्रम सञ्चालन गरिनेछ । देशभरका नगरपालिका तथा गाउँपालिकाका जम्मा ६ हजार ७ सय ४३ वडामा सो अवधिभर मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने छ ।
कार्यक्रमलाई प्रभावकारी बनाउन घरदैलो अभियान तथा विद्यालयस्तरमा समेत स्वयंसेवक परिचालन गरिने आयोगको भनाइ छ । यसबाट मतदान प्रक्रियामा नागरिकको सहभागिता र सचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको आयोगको अपेक्षा छ ।