आगामी २१ गतेका निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा खट्ने २ हजार ९० जना निर्वाचन प्रहरीको प्रशिक्षण तालिम समापन भएको छ ।
तालिम समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाह, डिएसपी रविन विष्टलगायतले अनुशासित भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए । जिल्लामा निर्वाचनका लागि एक हजार १ सय २२ नेपाल प्रहरी, २ हजार ९४ जना निर्वाचन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना निर्वाचन खटिने भएका छन । जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीलाई पक्राउ गर्न पनि प्रहरीले विशेष अपरेशन चलाईरहेको छ भने हालसम्म ५३ जना पक्राउ परेका छन् । तीन लाख २६ हजार ६ सय ११ मतदाता रहेको काभ्रेमा स्वतन्त्र र राजनीतिक दलबाट गरी ४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।