माण्डव्य गोत्रिय बजगाईहरुको कुलदेवी जालपादेवीको नाममा गुठी दर्ता भएको छ । सम्भवत नेपालमै माण्डव्य गोत्रियहरुको यो पहिलो दर्ताभएको गुठी हो ।

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको साविक नयागाउँमा यो गुठी दर्ता भएको हो । माण्डव्य बजगाई जालपादेबि कुलदेवता गुठी २०८२ पौष १३ मा बिधिवत रुपमा मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा मुलुकी देवानी संहिता २०७४ अनुसार हिन्दुहरुको पहिलो गुठी दर्ता सम्पन्न भएको हो । बैद्धिक सनातन हिन्दु धर्मावल्मवीहरुको मण्डनदेउपुर नगरपालिका नयागाउँ जन्मथलो भइ देशका बिभिन्न स्थानमा बसोबास गर्ने माण्डव्य गोत्रिय बजगाई तथा जालपा देविलाई कुलदेवता मान्ने बजगाई वशींय समुदायको सहभागीतामा आफ्नो कुल रित तथा परम्परालाई पुस्तातरण तथा हस्तान्तरण गर्ने वर्षमा एक दिन सबै वंशज बन्धुवान्धबहरु एक ठाउमा भेला जम्मा गराइ कुलपुजाको उत्सवलाइ जिवन्त राख्न एक संस्था गठन गरि यसको इतिहाँसका लेख रचना संग्रह गरी प्रकाशन तथा पुस्तावारी संकलन गर्ने पवित्र मनसायका साथ जिल्लाको इतिहाँसमा नै पहिलो बैदिक सनातन धर्म सँग सम्बन्धित मालपोत कार्यालयमा संस्था दर्ता गर्ने गुठीयारहरुको निर्णय अनुसार यो दर्ता भएको हो ।
गुठी दर्ताका लागि गुठीयारहरुको भेलाले हरि प्रसाद बजगाईको अध्यक्षतामा १३ सदस्य संञ्चालक समिति गठन गरेको थियो । सोहि भेलाले गुठी दर्ताका लागी आवश्यक पर्ने संस्थापना पत्रलगायत तयार गर्न र दर्ता प्रक्रियाको संयोजन गर्न केदारनाथ बजगाईलाई जिम्मेवारी दिएकोमा केदारनाथको सक्रियतामा माण्डव्य बजगाई जालपादेवी कुलदेवता गुठी मुलुकी देवानी संहिता २०७४ अनुसार दर्ता भएको हो ।
परम्परा देखि चलि आएको कुल देवता गुठी पुजा यसको बिधिलाइ परन्तु जिवन्त राख्ने सोच यसको स्थापनाको मुख्य उदेश्य रहेको छ भने बजगाई परिवारमा सनातन देखि हालसम्म प्रचलनमा रहेको धार्मिक, सामाजिक संस्कार भावि पुस्तामा हस्तान्तरणा गर्नु र कुलदेताको मन्दिरलाइ व्यवस्थित गर्दै देशका बिभिन्न भागमा छरिएर रहेका माण्डब्य बजगाई परिवारमा आपसि भाइचारा बन्धुत्वको भावना समेतको जगेर्ना गर्दै यस बंशका परिवारमा हुने सामाजिक कार्यहरु जस्तैः–बिबाह, ब्रतबन्ध, पास्नी, गुन्युचोलो र अन्तिम कर्म लगाएत जन्म देखि मृत्यु सम्मका सबैखाले धार्मिक तथा सामाजिक कार्यमा सहभागिता जनाउदै सहजिकरण गर्नु रहेको छ ।
समाजमा हराउदै गएको धार्मिक आस्थालाई उजागर गर्दै आधुनिक तथा आध्यात्मिक जागरणको समन्वय गर्दै आस्था विश्वासको संयोजनबाट नैतिक आचरणवान भौतिक सुखसुविधा समेतको संयोजनमा बिषेश भुमिका स्थापना गर्दै समृद्ध समाज निर्माणका लागि आध्यात्मिक र नैतिक शिक्षाको आवश्यकता र पुर्खाले जोगाइ राखेको धर्म संस्कृतिको संरक्षणका लागि गुठी दर्ता गर्नु परेको संस्थाका महासचिब केदारनाथ बजगाईले जानकारी दिनु भएको छ ।
अध्यक्ष हरि प्रसाद बजगाईका अनुसार गुठीका नाममा १ रोपनी ८ आना जग्गा र पक्की मन्दिरसमेत रहेको छ ।