एमालेमा पार्टीको अधिबेशन पूर्वनिर्धारित समयभन्दा अगाडि नै हुने परिस्थिति निर्माण हुँदै जाँदा पार्टी नेतृत्वको बारेमा पार्टी भित्र र बाहिर चर्चा हुनु कुनै अनौठो हैन तर राज्यको सर्बोेच्च र सम्मानित निकायमा पुगिसकेको पूर्व रास्ट्रपति जस्तो गरिमामय पदमा ७ बर्ष ब्यथित गरिसकेर सबैको साझा र सम्मानित भएर बस्नुराजा आउ देश बचाऊ भन्नू र विद्या आउ पार्टी बचाउ भन्नू दुबै अग्रगमन हैन, प्रतिगमन हो–होम प्रसाद चौंलागाँईं
एमालेमा पार्टीको अधिबेशन पूर्वनिर्धारित समयभन्दा अगाडि नै हुने परिस्थिति निर्माण हुँदै जाँदा पार्टी नेतृत्वको बारेमा पार्टी भित्र र बाहिर चर्चा हुनु कुनै अनौठो हैन तर राज्यको सर्बोेच्च र सम्मानित निकायमा पुगिसकेको पूर्व रास्ट्रपति जस्तो गरिमामय पदमा ७ बर्ष ब्यथित गरिसकेर सबैको साझा र सम्मानित भएर बस्नु पर्ने ब्यक्तित्व विद्या भण्डारी नै पार्टीको सकृय राजनीतिमा आउने हल्ला बजारमा चल्न थालेपछि भने सबैको चासो र चिन्ता बढ्न थालेको हो ।
एमालेलेको विधान अधिवेशन भदौ २०, २१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा सम्पन्न भएसंगै पार्टीको महाधिवेशन निर्धारित समय भन्दा अगावै हुँदैछ भन्ने प्रस्ट भएको छ । विधान महाधिवेशन गरेको छ महिनाभित्र महाधिवेशन गर्नुपर्ने एमालेको प्रावधान छ ।
दोस्रो विधान महाधिवेशन र ११ औँ राष्ट्रिय महाधिवेशन मिति नजिकिएसँगै नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेको सक्रिय राजनीतिमा आउने आकांक्षा सहितको गतिविधि र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीमा तेस्रो कार्यकाल पनि आफैले नेतृत्व गर्ने भित्री चाहाना सहितको ७० वर्षे उमेरहद हटाइएको सन्दर्भ र पूर्व रास्ट्रपति पुनः सक्रिय राजनीतिमा फर्कनु हुन्न भन्ने नैतिक बहस पनि एमाले बृत्तमा थप पेचिलो बन्दै गएको छ ।
यसै विषयलाई लिएर यतिखेर पार्टी भित्रको जिम्मेवार नेताहरुको अभिव्यक्तिले पार्टी कार्यकर्ताको मनस्थिति नराम्ररी बिथोलिएको अबस्था छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण र त्यस लगत्तै सुरु भएको पूर्वी नेपालको भ्रमणमा निस्किएकी भण्डारी विराटनगरबाट झापा पुग्दा त्यहाँ उनले एमालेका नेताहरु प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सचिव राजकुमार भण्डारी र सहसचिव देवान राईहरूको दलबल सहित कोसी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरिन् । त्यहाँ उनले नयाँ पुराना सबै एमाले नेताहरूसंग भेटघाट गरेयता एमालेको सक्रिय राजनीतिमा आउन चाहेकी हुन् कि भन्ने आशंका चुलिन थालेको हो । उनी सक्रिय राजनीतिमा आउने भनेको अब अध्यक्ष भन्दा तल रहने कुनै सम्भावना त पक्कै पनि हैन, छैन ।
त्यति मात्र हैन नेकपा एमालेका सचिव रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचन, एमाले नेताहरू गोमा देवकोटा, भेषराज अधिकारी र पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्टसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन पुगेकी बिद्या भण्डारीले त्यहाँ आफुलाई पूर्व राष्ट्रपति भन्दा पनि एमाले नेताकै रूपमा प्रस्तुत गरिन् र चीनले पनि उनलाई उच्च सम्मान दियो र विशिष्ट आतिथ्य सत्कार ग¥यो । भण्डारी प्रती नेतृत्व हत्याउने खोजेको अड्कलबाजीले त्यहीँबाट तिब्रता पाएको हो जुन यतिबेला एमाले भित्र भुसको आगो जस्तै भित्रभित्रै दन्किरहेको छ ।
हुन त बिद्या भण्डारी ६३ वर्ष मात्रै पुगेकी छन् । उमेरका हिसाबले उनी अझै सक्रिय राजनीति गर्न सक्ने अवस्थामा छिन् । दुई पटक राष्ट्रपति हुनुअगाडि उनी ०५४ सालमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनिन् । त्यसपछि रक्षा र वातावरण तथा जनसंख्या मन्त्रीका रूपमा पनि काम गरेकी थिइन ।
उनी एमाले उपाध्यक्ष र अखिल नेपाल महिला संघकी अध्यक्ष भइसकेकी छन् । विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय उनलाई २०५० जेठ ३ मा विवादास्पद जीप दुर्घटनामा भएर पति मदन भण्डारीको निधन भएपछि पार्टीले नै राजनीतिमा ल्याएको थियो ।
उनले काठमाडौं क्षेत्र नम्बर १ मा २०५० सालमै भएको उपनिर्वाचनमा तत्कालीन सत्तारुढ नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई हराइन् । त्यसपछि उनको राजनीतिक उचाइ बढेको थियो । त्यसपछि उनी निरन्तर एमालेबाट लाभको पद लिने व्यक्तिमा पर्छिन् ।
त्यही भएर अब उनले पार्टीका अरु नेताहरूलाई पालो दिनुपर्छ भन्ने आवाज पार्टी भित्रैबाट जोडतोडले उठिरहेको देखिन्छ । हुन पनि हो, भण्डारीले अब राजनीतिमा फर्किएपछि देशले पाउने वा उनी नआएर गुमाउने केही छैन । त्यसो त बिद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने नआउने र ल्याउने नल्याउने भन्ने आधिकारिक बहस र छलफल पार्टी भित्र औपचारिक रुपमा भएको छैन । हुँदै नभएको कुरालाई पक्डेर धेरै टिकाटिप्पणी गर्नु पनि त्यति सान्दर्भिक नहोला। जहाँसम्म हिजो रास्ट्रपति जस्तो गरिमामय पदमा बसेको मान्छे फेरि सक्रिय रुपमा पार्टी राजनीतिमा आउनु हुन्छ कि हुन्न भन्ने सवाल छ, त्यसमा कुनै कानुनी बन्देज वा परहेज भने देखिन्न ।
नैतिकताको आधारमा पूर्वराष्ट्रपति राजनीतिमा फर्कनु हुँदैन भन्नु भावनात्मक तर्कमात्र हो । संविधान र कानूनले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन निषेध गरेको छैन । कानूनले नरोकेको कुरा गैरकानुनी हुँदैन । उनी पार्टी राजनितीमा आउन वा नआउन आफैंमा पूर्णत स्वतन्त्र छिन् । कानूनले निषेध नगरेसम्म कुनै व्यक्ति कुनै पदबाट अन्यत्र जानु गलत होइन । नेपालका पहिलो नागरिक प्रधानमन्त्री मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भइसकेपछी अमेरिकाका लागि राजदूत भएको ईतिहास छ । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रड पनि पछी अमेरिकाकालागी राजदूत भएको देख्न सकिन्छ ।
बेलायत कै उदाहरण हेर्ने हो भने पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन ऋषी सुनकको विदेशमन्त्री बनेको देखिन्छ । फ्रान्स, रुस, टर्की, श्रीलंका र बंगलादेशका त्यस्ता उदाहरण हेर्दा एमालेको अध्यक्ष र अवसर मिले प्रधानमन्त्री बन्न खोज्नु विद्या भण्डारीको कुनै नौलो प्रयोग होइन । एउटा लोकतान्त्रिक शासन पद्धति भित्र विधिको शासन र कानूनले नरोकेको अबस्थामा र प्रजातान्त्रिक विधि र प्रक्रियाबाट आएर भण्डारीले अध्यक्ष बन्न खोज्नु वा उनलाई बनाउन खोज्नु प्राबिधिक रुपमा कदापि गलत होइन ।
संविधान र कानूनले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन निषेध गरेको छैन । कानूनले नरोकेको कुरा गैरकानुनी हुँदैन । उनी पार्टी राजनितीमा आउन वा नआउन आफैंमा पूर्णत स्वतन्त्र छिन् । तर देशको सर्वोच्च पद राष्ट्रपतिको भुमिका निर्वाह गरिसकेको ब्यक्तिले लोकतान्त्रिक राजनीतिमा असल परम्परा बसाल्ने ढंगले अग्रसर हुनु पर्छ । पार्टी र ब्यक्तिगत लाभभन्दा माथी उठेर उच्च राजनीतिक संस्कारको उदाहरण पेश गर्न सक्नु पर्छ । त्यो अग्नि परिक्षामा भण्डारी पास हुन्छिन् कि फेल ? निकट भविस्यमा त्यो स्पष्ट हुने नै छ ।
पार्टीभित्रको अन्तरसंघर्षमा आफूलाई सुरक्षित बनाउन माओवादी सुपृमो कमरेड प्रचण्डले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी राजनीतिमा सक्रिय गराए भन्दैमा त्यसैको लहलहैमा एमालेका नेता कार्यकर्ता पनि लागे र बिद्या आउ पार्टी बचाउ भन्न थाले भने आमूल परिवर्तन खोजिरहेको नयाँ पुस्ताको ठूलो समुहलाई एमालेले आकर्षण गर्न सक्ने छैन । पार्टीका दोश्रो पुस्ताका नेता कार्यकर्तालाई निरास तुल्याएर र जेन–जी पुस्तालाई चिड्याएर एमाले उँभो लाग्ने अबस्था देखिदैन ।
विद्या भण्डारीलाई पार्टी नेतृत्वमा फर्काउने हल्लाको पछाडी प्रधानमन्त्री केपी ओलीलाई अप्ठ्यारोमा पार्ने र असल परम्परा स्थापित हुन नदिने षडयन्त्र बाहेक अर्को कुनै सृजनात्मकता देखिन्न । त्यसैले राजा आउ देश बचाउ भन्नू र विद्या आउ पार्टी बचाउ भन्नु दुबै अग्रगमन हैन, प्रतिगमन हो ।
त्यसो त एमालेमा अहिले केपी ओलीकै कार्यकाल छ । विधान महाधिवेशन मात्र भएको हो, महाधिवेशन हुानै बाँकी छ । अब हुने पार्टी महाधिवेशनपछी पनि अर्को ५ वर्षे कार्यकालका लागि पनि ओली आफै निर्वाचित सम्भावना देखिन्छ । नेकपा फुटपछिको निर्वाचनमा नेकपा एमालेलाई कांग्रेस, माओवादी र समाजवादी सहितको महा गठबन्धनको निर्वाचनबाट एमालेलाई जम्मा १० सिट कमको पार्टी बनाएको बाट ओलीलाई पार्टी नेतृत्वको हिसाबले कमजोर आँक्न सकिन्न । यस हिसाबले ओली नै पार्टी नेतृत्वमा आउने हो भने आगामी चार वर्षपछिको कुरालाई लिएर अहिले बिद्या भण्डारी ल्याउने वा नल्याउने र आउने वा नआउने भन्ने विषयमा बहस गर्न जरुरी देखिन्न ।
अवस्था थोरै बदलिएको छ । भोलिका दिनमा स्थिति परिस्थिति कस्तो बन्ला ? अहिलै अनुमान लगाउन त सकिन्न तर कतिपय कार्यकर्ता पार्टीको भावी अध्यक्ष र प्रधानमन्त्री बिद्यादेवी भण्डारी अनि रास्ट्रपति केपी शर्मा ओली भनेर कानेखुसी गर्न थालेकोमा भने दोश्रो पुस्ताका नेताहरुले कापेकै स्वरमा भएपनी आपत्ति जनाएका छ्न् ।
पार्टी बिभाजनको विषम अबस्थामा ओलीको सकृय नेतृत्व जरुरी थियो । वहाँले पार्टीलाई घेराबन्दीका बाबजुद एउटा मजबुत अबस्थामा पुर्याउनु भयो । त्यो एकदम सर्हानिय छ र अबका दिनमा वहाँले पार्टीको मार्गनिर्देशन भएर सकृयाता देखाउँदा पार्टी र वहाँको ब्यक्तित्वलाई त्यसले थप उचाई प्रदान गर्नेछ ।
पूर्व रास्ट्रपति विद्यादेवी भण्डारीले पनि सक्रिय राजनीतिमा आउने र पार्टीको नेतृत्व हत्याउने महत्वाकांक्षा पाल्न हुन्न । सबैको साझा र सम्मानित भएर बस्न छाडेर राजनीतिमा सक्रिय हुँदा भुइँको टिप्ने हैन बगलीको पोखिने खतरा तर्फ उनले ध्यान पु¥याउन आवश्यक छ । नयाँ नेता र नविन नेतृत्व नै एमालेकोलागि अबको सही, सान्दर्भिक र उपयुक्त बाटो हो । एक्कासी बिग्रिएको वातावरणको बिचबाट अध्यक्षमा कम्तिमा १ पटक केपी ओलीने पुनः नेतृत्व उठाउनु पर्छ । पार्टीलाई प्रभावकारी ढंगले उठाउन पाउनु पर्छ । त्यष्सको लागि अध्यक्ष बाहेकको पदमा केन्द्रिय कमिटीमा ८०% नै युवाको बिभिन्न पुस्ताहरुलाई समेट्न सकिनछ । यहि हो मौका भन्ने शैलीमा अध्यक्षलाई नङ्गाएर एमाले बलियो हुन सक्दैन । त्यसको लागि जेन जी पुस्ताको नविनतम जमानामा पुरानो पुस्तालाई अध्यक्षको रुपमा अघि सारेर सिंगो केन्द्रीय कमिटीदेखि, प्रदेश, स्थानीय, वडा र टोल कमिटीहरुलाई युवामैत्री बलियो बनाउन सक्नु पर्दछ ।
त्यस मानेमा एमाले भित्र बिद्या भण्डारी पार्टी राजनीतिमा आउनु भनेको प्रतिगमन हो भने केपी ओलीको नेतृत्वमा आसेपासे सबैले नीरन्तरता पाउनु भनेको यथास्थितिवादको पक्षपोषण हो । आशा गरौं सम्पन्न बिधान अधिवेशन र सायद छोटै समयमा लगत्तै हुने महाधिवेशनले एमालेमा नयाँ नेतृत्व र नवीन बिचारले ठाउँ पाउनेछ । हामीजस्ता युवाहरु केन्द्रिय कमिटीमा समेटिने छौं नत्र भिरमा जाने गोरुलाई अरु के भन्न सकिन्छर, केबल रामराम… ! (लेखक ः कीर्तिपुरस्थित राजनीतिशास्त्रका एमफिल्.–पीएचडी स्कलर हुन्)

पर्ने ब्यक्तित्व विद्या भण्डारी नै पार्टीको सकृय राजनीतिमा आउने हल्ला बजारमा चल्न थालेपछि भने सबैको चासो र चिन्ता बढ्न थालेको हो ।