बनेपा, अधिकार र रोजगार हाम्रो सरोकार भन्ने नाराका साथ सामाजिक काम गर्ने उदेश्यले स्थापना भएको हाम्रो सरोकार बनेपाको दोस्रो साधारण सभा शुक्रबार बनेपामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सम्झना खतिवडाको अध्यक्षता र गैसस महासंघ काभ्रेका अध्यक्ष गंगा दोङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाले हालसम्म गरेका कामको बारेमा चर्चा गरिएको थियो । अध्यक्ष खतिवडाले संस्थाले तनाव व्यवस्थापन र आत्मनिर्भरता सम्बन्धी अभिमुखिकरण, पोते बुन्ने लगायतका सिप मुलक तालिमहरु सञ्चालन गर्दै आएको बताईन । प्रमुख अतिथि गैसस महासंघ काभ्रेका अध्यक्ष गंगा दोङले संस्थाले छोटो समयमा गरेको कार्यको प्रशंसा गरिन ।
संस्थाका सचिव मञ्जु आचार्यले कार्यक्रम सञ्चालन गर्दै संस्थाका गतिविधि र आगामी योजनाबारे जानकारी गराएकी थिइन । संस्थामा उपाध्यक्ष सेवक श्रेष्ठले स्वागत मन्तब्य र कोषाध्यक्ष इश्वर केसीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ काभ्रेका पुर्व उपाध्यक्षहरु नवराज बजगाई, रमेश न्यौपाने, सामाजिक अभियान्ता भेषराज शाह, बालकृष्ण श्रेष्ठ, बनेपा–५, की वडा सदस्य समिता थापा, बनेपा–६, की वडा सदस्य कल्पना दमाईलगायतले संस्थाले गरेका र गर्नु पर्ने कामका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा संस्थाका सदस्यहरु र सरोकारवालको उल्लेख्य उपस्थिती रहेको थियो ।







