पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेका छन । जेनजी आन्दोलनका बेला नक्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेका हुन ।
पनौती नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष जयराम केसीका अनुुसार सन्तबहादुर तामाङ जवरजस्ती करणीको मुद्दामा जेलमा थिए र जेन्जी आन्दोलनका क्रममा भागेका थिए ।








