बनेपा, पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लि. बनेपा–६, को १८औं बार्षिक साधारण सभा शुक्रबार बनेपामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मधुसुदन पन्तको अध्यक्षता र बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव यादवप्रसाद सिटौलाले बार्षिक प्रतिवेदन । कोषाध्यक्ष नवराज तिमल्सिनाले आर्थिक प्रतिबेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक हरिश्चन्द्र भण्डारीले पेश गरेको लेखा प्रतिवेदन सर्वसम्वतीले पारित गरिएको थियो । १ हजार २ सय ६२ सदस्य, ४ सय २३ बाल सदस्य र ३ संस्थागत सदस्य रहेको सहकारीको कुल वासलात १० करोड ६१ लाख ९३ हजार तथा १ करोड ६१ लाख ६५ हजार शेयर पुँजी रहेको उक्त सहकारीमा ७ करोड ६५ लाख ६९ हजार ४ सय ८३ रुपैया बचत रहेको छ । संस्थामा १ हजार २ सय ६२ सदस्य, ४ सय २३ बाल सदस्य र ३ संस्थागत सदस्य रहेका छन । सहकारीले शेयर सदस्य केन्द्रिय अभियान अन्तरगत दुर्घटना बीमा, महिला तथा पुरुष उत्कृष्ट सदस्य सम्मान, एसईई उर्तिण सामुदायिक र नीजि तर्फका विद्यालयहरुबाट उत्कृष्ट ३ जना शेयर सदस्यका छोराछोरी तथा बाल सदस्य सम्मान, उत्कृष्ट कारोवार सम्मान गरिएको छ । शेयर सदस्यको मृत्यु भएको अवस्थामा परिवारका सदस्यहरुलाई आर्थिक सहयोग, प्रसुती भत्ता प्रति ब्यक्ति ३ हजार, औषधी उपचार सहयोग, कृषकहरुलाई रासायनिक मल वितरण जस्ता सदस्यमुखी कार्यक्रम प्रभावकारी रहेको अध्यक्ष मधुसुधन पन्तले बताए ।
कार्यक्रममा बनेपा–६, का वडा सदस्य विष्णुनारायण श्रेष्ठ, काभ्रेपलाञ्चोक बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष कृष्णभक्त थापा, पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, नव क्षितिज साप्ताहिकका सम्पादक नवराज बजगाई, अटल पाचँकुण्ड साकोसका उपाध्यक्ष जनक तिमल्सिना, संस्थाका सल्लाहकार कृष्णप्रसाद तिमल्सिना लगायतले सहकारीका बारेमा बोलेका थिए ।
उपाध्यक्ष आनन्द दाहालले स्वागत र सचिव यादवप्रसाद सिटौलाले सञ्चालन गरेको कार्यक्रममा जेष्ठ सदस्यहरु जगत कुमारी थापा र अच्युत सापकोटा । उत्कृष्ट कर्मचारी रमा तिमल्सिना र अम्बिका बजगाई । एसईइमा उत्कृष्ट अंक ल्याउने अघृत सिग्देल, प्राप्ती थापा र अनुश्का श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।