नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की शपथ ग्रहणपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्न थालेकी छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मंगलबार भएको आगजनीका क्रममा बाहिरी भागमा क्षति पुगे पनि मूल भवन सुरक्षित रहेका कारण त्यहिँ बस्न थालेको मुख्यसचिव एकनारायण अर्यालले बताए । उनका अनुसार प्रदर्शनकारीले गाडीमा आगजनी र केही भवनमा तोडफोड गरे पनि प्रधानमन्त्री बस्ने मूल भवनमा क्षति पुगेको छैन ।








