नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आयोजनामा भएको तिज जोडी फोटो प्रतियोगिता–२०८२ को पुरस्कार वितरण कार्यक्रम आइतबार हिमालय दृश्य रिसोर्ट धुलिखेलमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस सांस्कृतिक शाखा प्रमुख रामकृष्ण पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईं रहेका थिए । विशेष आतिथ्यता नेपाली कांग्रेस काभ्रेका उप–सभापति रमेश प्रसाद हुमागाईं, सह–सचिवद्धय रबिन्द्रनाथ सिग्देल र समीर ब्यान्जु श्रेष्ठ, धुलिखेल सभापति विदुर बहादुर बस्नेत, धुलिखेल–९, का वडा अध्यक्ष बद्री प्रसाद हुमागाईलगायत रहेका थिए ।
प्रतियोगितामा शम्भु घिमिरे र कोपिला घिमिरे प्रथम, दिनेश ठकुरी र सुबिना ठकुरी दोस्रो तथा रुपेश ठकुरी र सरिता ठकुरी तेस्रो भएका थिए । प्रथम हुने जोडीलाई १५ हजार नगद, सम्मानपत्र, मह, घ्यू र दोसल्ला प्रदान गरिएको थियो । दोस्रो हुने जोडीलाई १० हजार नगद सहित सम्मानपत्र, मह, घ्यू र दोसल्ला तथा तेस्रो हुने जोडीलाई ५ हजार नगद सहित सम्मानपत्र, मह, घ्यू र दोसल्ला प्रदान गरिएको थियो । अन्य सहभागीलाई नगद पुरस्कार, घ्यू–मह र शुभकामना सिनेमा हलबाट जोडीलाई टिकेट समेत प्रदान गरिएको थियो ।
प्रमुख अतिथि हुमागाईले तिज चाड केवल मनोरञ्जन मात्र नभई समानता र सामाजिक सन्देश दिने चाड भएको उल्लेख गर्दै सांस्कृतिक मूल्य–मान्यता जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रमका सभापति पोखरेलले तिज पर्वले नेपाली समाजमा आपसी सद्भाव, प्रेम र संस्कृतिको संरक्षण गर्ने कार्यलाई प्रवद्र्धन गरेको बताउँदै यस्ता कार्यक्रमले संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं. १ का अध्यक्ष सन्त तामाङ, वडा नं. ४ का अध्यक्ष उत्तम प्रसाद तिमल्सिना, वडा नं. ६ का अध्यक्ष संजय कोजु, वडा नं. ८ का अध्यक्ष विनोद गौतम, वडा नं. १० का अध्यक्ष गोबिन्द भण्डारी, महिला नेतृ मञ्जु आचार्य घिमिरे, सामाजिक व्यक्तित्व हरि थापा लगायतको उपस्थिति थियो । लोकप्रिय गायक दिनेश श्रेष्ठ र गायिका साबित्री राना मगरले विशेष सांगीतिक प्रस्तुति दिएको कार्यक्रमको सञ्चालन सांस्कृतिक शाखाका सचिव धनपति दाहालले गरेका थिए ।








