बनेपा, चेली पर्व हरितालिका तीजको अवसरमा लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. पनौती–५, काभ्रेले हिजो बनेपामा आयोजना गरेको तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
सांस्कृतिक कार्यक्रम र दर खानेगरी मनाईएको कार्यक्रम संस्थाका अध्यक्ष हिमाली श्रेष्ठको अध्यक्षता र पनौती–५, का वडा अध्यक्ष विनोद खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, विभिन्न उप–समिति, कर्मचारी र शेयर सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा ५ सयभन्दा बढी महिला सदस्यहरु सहभागी बनेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले जानकारी दिए ।