बनेपा, रोजगारी र तालिम प्रदानको क्षेत्रमा काम गर्दै आएको सहयोगी रोजगार तथा मल्टि प्रपोज प्रा.लि. पनौती–५, काभ्रेले ट्याक्स भ्याट र मन्टेश्वरी तालिम लिएकाहरुलाई प्रमाणपत्र प्रदान गरेको छ ।
बुुधबार पनौती–५, का वडा अध्यक्ष विनोद खत्रीले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै सिप भएको मान्छे मात्रै समाजमा बिक्ने भन्दै सिप सिक्न सबैलाई आग्रह गरे । सिप र शिक्षा जति लियो त्यती नै फाईदा हुने र सिपबाटै रोजगार बृद्धी हुने हुनाले प्राविधिक सिप आजको आवश्यकता रहेको बताए । संस्थाका अध्यक्ष कृष्ण डोटेलको अध्यक्षता र प्रवन्ध निर्देशक जुना के.सी.को सञ्चालनमा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य नवराज बजगाई, सिलाई व्यवसायी संघ काभ्रेका वरिष्ठ उपाध्यक्ष सुर्य थापा, पुतली घर रिसोर्ट साँगाका प्रोपाईटर सुदर्शन ढुंगाना, प्रशिक्षकहरु दिपिका श्रेष्ठ, साजन नेपाल, सञ्जेश विष्ट सहभागीहरुबाट अनिशा खड्का, निशा वाइबालगायतले सम्बन्धित विषयमा बोलेका थिए ।