काठमाडौं, साउन १८, रोटरी क्लब अफ काठमाडौं हाइटले आफ्नो छैठौं स्थापना दिवस ९चार्टर डे० तथा रोटा वर्ष २०२५र२६ का लागि नयाँ कार्यसमिति पदस्थापन समारोह गौंशालास्थित काठमाडौंमा उत्साहपूर्वक सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्टिक्ट ३२९२ का डिस्टिक्ट गर्भनर इलेक्ट श्री विष्णु बहादुर कार्कीको गरिमामय उपस्थितिले समारोहलाई अझ सुसज्जित बनायो। साथै, डिस्टिकका पूर्व गभर्नरहरू, पदाधिकारीहरू, विभिन्न रोटरी क्लबका अध्यक्षहरू, रोटर्याक्ट तथा इन्टर्याक्ट क्लबका प्रतिनिधिहरू, रोटरीयन परिवारजन तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नयाँ कार्यसमितिमा श्री अरुण शर्मा क्लब अध्यक्ष तथा श्री अमित सापकोटा सचिवका रूपमा चयन हुनुभएको छ। बोर्ड अफ डाइरेक्टर्समा कुमुदा पोख्रेल ९प्रेसिडेन्ट इलेक्ट०, दीपक तिवारी ९उपाध्यक्ष०, अंगिरस कार्की ९सहसचिव०, र भूपराज न्यौपाने ९कोषाध्यक्ष० रहेका छन्। निर्देशकहरूमा श्रीकृष्ण धिताल, सविता काफ्ले, मनिष महर्जन, गोविन्द वानिया, विदुर सत्याल, अविन तुलाधर तथा सन्देश पण्डित ९इडिटर० नियुक्त हुनुभएको छ।
समारोहमा निवर्तमान अध्यक्ष मञ्जुसा श्रेष्ठले आफ्नो कार्यकालको सफल समापनप्रति सन्तोष व्यक्त गर्दै क्लबलाई साथ दिने सम्पूर्ण सदस्यहरूप्रति आभार प्रकट गर्नुभयो। साथै, विशेष योगदानका लागि अंगिरस कार्कीलाई प्रशंसापत्र प्रदान गरियो।
नवनियुक्त अध्यक्ष अरुण शर्माले सर्वसम्मत समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई पूर्ण समर्पण र संवेदनशीलताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो। यस रोटा वर्षमा शिक्षा र सूचना प्रविधिको क्षेत्रमा केन्द्रित विशेष परियोजनाहरू सञ्चालन गरिने जानकारी पनि दिनुभयो।
प्रमुख अतिथि श्री विष्णु बहादुर कार्कीले क्लबले पु¥याउँदै आएको निरन्तर सेवा, सहकार्य र सामाजिक योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि क्लबसँग सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो।
उक्त समारोहले क्लबको सेवा भाव, सहकार्यको भावना तथा सामाजिक उत्तरदायित्वप्रतिको गहिरो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।








