काठमाडौं, दक्ष इन्टरनेशनलको आयोजनामा यही साउन १० गते शनिवार नेपाल पुलीस क्लब, काठमाडौं हुने सौन्दर्य प्रतियोगिता ‘मिसेस ब्युटिफुल नेपाल’ को नवौं तथा मिस ब्युटिफुल नेपालको दशौं संस्करणको ट्यालेन्ट शो सम्पन्न भएको छ ।
शनिबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङको विशिष्ट उपस्थितिमा सम्पन्न ट्यालेन्ट शोमा प्रतियोगीहरूले गायन, नृत्य, कविता, अभिनय, मोडलिङलगायत विभिन्न सृजनात्मक विधामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रमको निर्णायक मण्डलमा कला, सौन्दर्य तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएका अनुभवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उक्त प्रतिभा प्रदर्शनमा वरिष्ठ अभिनेता उत्तम केसी, गायक सपन श्रेष्ठ, गायक रेशम सापकोटा, हांस्य कलाकार हरिश निरौला कक्रोज, गीतकार प्रभा बर्तौला, मोडल एवं संचारकर्मी सरिता भारती, सौन्दर्यविद सुनिता पहांगो लिम्बु तथा मिसेस तामाङ्गकी विजेता दुर्गा तामाङ्गको निणार्यक मण्डल रहेको थियो । ट्यालेन्ट शो समारोहका संचालन गीता उप्रेती र सम्राट थापाले गरेका थिए ।
कार्यक्रमले प्रतियोगीहरूको सिर्जनात्मक क्षमता उजागर गर्नुका साथै प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक समितिका अध्यक्ष एवं सेलीब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेले दिए । ट्यालेन्ट शोको सफल आयोजनापछि प्रतियोगीहरूको प्रशिक्षण थप सशक्त रूपमा अघि बढाइएको छ । आयोजकका अनुसार प्रशिक्षण अन्तर्गत व्यक्तित्व विकास, सार्वजनिक प्रस्तुतिको सीप, सामाजिक उत्तरदायित्व र नेतृत्व विकासका विषयमा विशेष तालिमहरु संचालन गरिँदै छन् ।








