भगवान शिवको प्रिय महिना साउन लागेसँगै शिवको महिमा सुरु हुने गर्दछ । यही अवसर परेर गीतकार भीष्मराज फुलाराको शब्द, राजेन्द्र बजगाईको स्वर, संगीत र संगीत संयोजन रहेको शिव भजन जाउला कैलाशैमा चर्चामा रहेको छ ।
भिडियोसहित सार्वजनिक गरिएको भजन जाउला कैलाशैमा सुवास तिम्सिना, रवीन्द्र लामिछाने, प्रतिमा केसी र नितु पौडेलले सामूहिक स्वर दिएका छन् । मनोज परियारको मिक्सिङ माष्टरिङ रहेको यो भजनको म्युजिक भिडियोलाई फुलारा इन्टरटेनमेन्ट नेटवर्क युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोलाई उत्तम प्रसाद अधिकारीले निर्देशन गरेका हुन् । भजनको भिडियोमा यसका गायकहरू राजेन्द्र बजगाई, भीष्मराज फुलारा, सुवास तिम्सिना, रवीन्द्र लामिछाने सहित मोडल प्रतिमा केसी, राज टाइगर, हरि यादव र विनोद रसाइलीले अभिनय गरेका छन् । यो भजनको भिडियोमा राजेश कुमारको सम्पादन, सुविन गोदारको छायांकन रहेको छ ।

भिडियो