रोटरी क्लब अफ कपनको ९औं पदस्थापना इन्स्टलेसन कार्यक्रम क्लबका २०२४÷२५ का अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षयता एवं रोटरी इन्टरनेशनल आगामी वर्ष २०२६र२७ का डिस्ट्रिक गर्भनर ९डिजी० विष्णु बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा पूर्व डिजी सञ्जय गिरी, जितेन्द्र राज भण्डारी, निवर्तमान डिजी राजेन्द्रमान शेरचन, वर्ष २०२६र२७ का डिजी आई पि ढकाल, रोटरी इन्टरनेशनल रोटरी अफिसियल विष्णु दाहाल, पूर्व सचिव अमित गिरी, क्लबका सल्लाहकार मनोज कुमार कंडेल, एजी सागर लुईटेल, भादगाउँका पूर्वअध्यक्ष सि।पि। आचार्य, कपनका चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु, क्लबका सदस्यहरु एंव परिवारका सदस्यहरुका समेत उपस्थिती रहेको थियो ।
क्लबको ९औं पदास्थापनामा रोटा इयर २०२५र२६का अध्यक्ष प्रल्हाद दाहाल लगायत यहाँको टिमलाई प्रमुख अतिथि कार्कीले शपथ ग्राहण गराएका थिए भने क्लबमा नयाँ सदस्यका रुपमा आउनु भएका श्रीकृण्ण भण्डारी, राज कुमार कार्की, निराजन चिलाउने, रमेश सञ्जेल, नरेन्द्र खड्का, विभूषण गौतम, निर्मल नेपाल र दिक्ष अधिकारीलाई समेत शपथ ग्राहण गराएको क्लबका सचिव दिपक चन्द्र गौतमले जानकारी गराए ।
कार्यक्रममा सन् २०२४र२५ मा आफ्नो टिममा रही हरेक किसिमले साथ र सहयोग पाएको भन्दै क्लबका २०२४र२५ का अध्यक्ष नियूक्ति शेर्पाले सबैलाई मायाको चिनो प्रदान गरेकी थिइन् । कार्यक्रममा उपस्थित सबै अतिथिलाई पनि क्लबको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई क्लबको तर्फबाट पूर्वअध्यक्ष डा. राजु लामाले स्वागत गरेका थिए भने पूर्वअध्यक्ष मनोज कुमार घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए । निवर्तमान अध्यक्ष शेर्पाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं आफू निरन्तर रोटरीमा लागी सधैं सेवा गरिरहने बताइन ।
पूर्वअध्यक्ष जितेन्द्र राज भण्डारीले रोटरीको बारेमा बताउँदै सेवा नै धर्म हो भन्ने कुरा बताए । पूर्व डिजी गिरीले रोटरीमा लाग्दा मत्रै आनन्द हुने र यहाँ निःस्वार्थ भावनाले लाग्नु पर्ने बताए ।
प्रमुख अतिथि कार्कीले रोटरी क्लब अफ कपन आफ्नो गतिमा निरन्तर लाम्किरहेको र अब भने केही नयाँ काम गर्नु पर्ने कुरा बताउँदै अध्यक्ष प्रल्हाद दाहालको अन्य क्षेत्रमा भएका कामको समेत प्रशंसा गर्दै अब पनि यस्तै राम्रा काम गर्नु हुने कुराको विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले आफ्नो कार्यकालमा सबैको साथ सहयोग रहने आशा तथा अपेक्ष सहित केही नयाँ र नमुना कार्यहरु गर्ने कुरा बताउँदै कार्यक्रम सम्पन्न भएको बताए ।
कार्यक्रममा रोटरी क्लब अफ कपनले स्वदेशी उत्पादनलाई प्राथामिकता दिदैं दूग्धजन्य पदार्थको उपभोगलाई प्रोत्साहन गर्न कार्यक्रममा उपस्थित सबैलाई मोही सेवन समेत गराएको थियो ।