राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो बार्षिक साधारणसभाले १५ सदस्यीय नया कार्यसमिति चयन गरेकोछ।राजेन्द्र बजगाईको अध्यक्षता एवं बिशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्बिरोध निर्वाचित भएकाछन भने दिपक शर्मा बरिष्ठ उपाध्यक्ष,सुजाता के सी उपाध्यक्ष,सनम कठायत महासचिव,रिता के सी सचिव,बेनिश पौडेल महिला सचिव,प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएकाछन भने मनोज परियार,बिरेन्द्र सिंह भाट,कोपिला शिवाकोटी,पार्वती बम,गिता पाण्डे,सुभाष तिमसिना,प्रमोद डि जी र प्रज्वल राज भट्ट सदस्यमा निर्वाचित भएका छन। १७ सदस्यीय कार्यसमितिमा बाँकि २ सदस्य भने नयाँ कार्यसमितिले चयन गर्नेछ।
कलाकर /मोडल राज टाइगर लाई मानार्थ का साथै आजिबन सदस्य गोपाल ढकाल छन्देलाई संथाको पहिलो आजिवन र मानार्थ प्रधान गरेको कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकारहरु राजु सिंह,डाड्डटिका भन्डारी,माधब राज खरेल, डाड्डओम कृष्ण प्रसाईं बि बी थापा राजेन्द्र लुईटेल लगायतका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रम अनामनगर स्थित किम्ची रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो।भगवती पाण्डे प्रमुख निर्बाचन अधिकृत तथा दिपक राई र हेमलता जि सी निर्बाचन अधिकृत रहनुभएको कार्यक्रममा नबनिर्बाचित अध्यक्ष थापाले गीत संगीतको बिक्रिति बिसंगति नियन्त्रण,पछिल्लो समय कलाकर्मीहरुमा बढेको नेराश्यतालाई सम्बोधन गर्न मनोपरामर्शदाता संग कार्यशाला तथा श्रष्टाहरुको स्वास्थ्य विमा लगायतका सामाजिक कार्यहरुमा संस्थाले ठोस पहल थाल्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।








