तिज नजिकिएसंगै नयाँ नयाँ तिजको आउने क्रम शुरु भएको छ । यहि क्रममा शुक्रबारबाट सार्वजनिक भएको फरक र समय अनुसारको गीत बुलेट स्माइलले बजार तताएको छ ।
शुक्रबार दर्शक श्रोता माझ रिलिज गरिएको बुलेट स्माइल टिमले एक भब्य कार्यक्रमको आयोजना गरी भिडियो प्रदर्शन गरेको थियो । काभ्रेको नालामा गायिका सुनिता बखुन्छेको अध्यक्षतामा भएको कार्यक्रममा गायिका सुनिता बखुन्छेका बुबा आमाले भिडियो प्ले गरेका थिए । गायक कमल दाहालले स्वागत र सनम सुवालले सञ्चालन गरेको कार्यक्रममा अग्रज कलाकार माधव सिग्देल, प्रेस चौतरी नेपालका केन्द्रिय सदस्य नवराज बजगाई, संगितकर्मी संघ काभ्रेका अध्यक्ष पुजन धिताल, कलाकारहरु लक्ष्मण कर्माचार्य, सुनिल जिम्मा, रबिन्द्र ढलकुटीलगायतले बुलेट स्माइल टिमलाई सफलताको शुभकामना दिएको कार्यक्रममा गायक रामहरी न्यौपाने, बिक्रम सुवाल, कल्पना पराजुलीलगायतले सांगितिक प्रस्तुती राखेका थिए ।
बुलेट स्माइल गितमा शब्द कमल दाहाल, संगीत विष्णु तामाङ, स्वर कमल दाहाल र सुनिता बखुन्छे, स्टुडियो शंखरा डिजिटल, भिडियो कलाकार सुनिता बखुन्छे, कमल दाहाल र साथिहरु, छायांकन एडिटिङ सुनिल मोक्तान, निर्देशक कमल दाहाल रहेका छन ।

         हेर्नुस भिडियो>