बनेपा नगरपालिका वडा नम्वर १० जनालागमा रहेको संकल्प कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत मानव कल्याण समाजको बाल सेवा घरमा रहेका बालबालिकाहरुलाई स्टेशनरी सामग्री उपलब्ध गराएको छ ।
क्याम्पसका प्रशासन प्रमुख निरोज पाण्डेको उपस्थितीमा बाल सेवा घरमा रहेका बालबालिकाहरुलाई स्टेशनरी सामग्री उपलब्ध गराईएको हो । सामग्री हस्तान्तरण गर्दै प्रशासन प्रमुख पाण्डेले गुणस्तरीय शिक्षाका लागि क्याम्पसले गरिरहेका विभिन्न कृयाकलापका बाबजुत बालबालिकाहरुलाई थप सहयोग पु¥याउने उदेश्यले उत्तm कार्यक्रम आयोजना गरिएको बताए ।








