नेपाल डेरी एसोसिएसनले सुरु गरेको मोही अभियानमा आजभोलि जताततै आकर्षण बढिरहेको छ। चाहे त्यो शुभकार्य होस् वा घरमा अरु कुनै जमगट होस् जहाँ पनि चर्चा छ त मोहिकै छ । सबै उमेर समुहका बालकदेखि वृद्धासम्म आजभोलि मोही सेवनमा सन्तुष्ट रहेको पाइन्छ। चाहे त्यो घरमा बस्दा होस् वा अन्त कतै घुमघाम या लामो भ्रमणमा रहँदा
पाएसम्म सबैले मोही नै सेवन गरेको देख्न सकिन्छ। यति मात्र होइन आफ्नो पुर्खाले चलाउँदै आएको रितिरिवाजलाई पनि तोडेर मोही अभियानमा साथ रहेको कुरा पनि देखिएको छ। बेथान्चोक गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार वाइबाले आफ्नी ममतामय माताको निधनपछि गरिने कामकाजमा पनि मोहीलाई पहिलो स्थानमा राखेको पाइयो। यसरी घ्यावा गरिरहँदा तामाङ समुदायको परम्परा अनुसार जाँड रक्सी अनिवार्य रहेको कुरालाई तोडेर अध्यक्ष वाइबालेवउपस्थित सबैलाई मोही सेवन गराउनु भएको पाइयो। यसले के देखिन्छ भने अहिले नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोहीअभियान वास्तवमा सार्थक भएको पुष्टि भएको छ।

हिजो आज बिहावा, ब्रत्बन्ध भोज,भतेर जताततै हरेक शुभ कार्यमा मोहीले पहिलो स्थान पाइरहेको देख्न सकिन्छ। कुनै दिन यो अभियान शुरु गरिरहँदा कताकता विश्वास नलाइरहेको अवस्था पनि थियो। तर आज सबैतिरबाट यो अभियानलाई साथ र सहयोग मिलिरहेको छ । यसरी सार्थकता पाएको देख्दा नेपाल डेरी एसोसिएसनका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु अत्यन्तै खुसी भएको देखिन्छ ।