नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारण सभाको तयारी पुरा भएको छ । २६ औं वार्षिक साधारणसभा तथा स्थापना दिवस भोली माघ ७ गते सोमबार बुटवलमा मनाईदै छ । प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा साधारण सभा तथा स्थापना दिवसन मनाउन लागिएको हो ।
आईतबार नेपाल डेरी एशोसीयसनले महाराजा रिर्सोट बुटवलमा पत्रकार भेटघाट गरी जानकारी दिइएको छ । नेपाल डेरी एसोसिएसनको लुम्बिनी प्रदेश समितिको स्थानीय व्यवस्थापनमा साधारणसभा हुन लागेको हो ।
एसोसिएसनले फरक–फरक प्रदेशमा साधारणसभा लगायत विभिन्न कार्यक्रम गर्ने उद्देश्य अनुसार यस पटक बुटवलमा हुन लागेको जनाएको छ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले साधारणसभाको तयारी सबै पूरा भएको जानकारी दिए । सभाको अवसरमा स्वदेश र भारतका डेरी मेसिन उत्पादकहरु र डेरीसँग सम्बन्धित व्यवसायीले डेरीजन्य मेसिन तथा डेरी सम्बन्धी सामानहरु प्रदर्शनीमा राखिने उनले बताए । उनका अनुसार सभामा ७ वटै प्रदेशका उत्कृष्ट उद्योगी, दीर्घ सम्मान, राष्ट्रिय डेरी सम्मान, कृषि पत्रकारिता, उत्कृष्ट किसान, युवा व्यवसायीलाई सम्मान गर्ने कार्यक्रम छ ।
साधारण सभा तथा स्थापना दिवसको लागि देशभरबाट उद्योगमा दर्ता भएका डेरी व्यवसायी उद्योगीहरु बुटवलमा आएका छन् । नेपाल डेरी एशोसीयसन लुम्बिनी प्रदेश अध्यक्ष तथा कार्यक्रम संयोजक थानेश्वर न्यौपानले देशभर बाट आएका प्रतिनिधीहरुको आवास लगायतका सबै तयारी पुरा भएको जानकारी दिए ।

सोमवार बिहान ८ देखि १० बजेसम्म एसोसिएसनको बन्द सत्र र ११ः३० बजेबाट खुल्ला सत्रको कार्यक्रम सुरु हुने कार्यतालिका रहेको छ ।

साधारणस संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशुसेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधि, डेरी क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधि, ७ प्रदेशबाट २ सय भन्दा बढी डेरी उद्योगी सहभागी हुने महासचिव हेमचन्द्र खनालले जानकारी दिए ।
नेपाल डेरी एसोसिएसन घरेलु, साना, मझौला र ठूला डेरी उद्योगको आबद्धता रहेको साझा संस्था हो । स्थापनाको २६औं वर्ष सम्म आइपुग्दा संस्थाले नेपालको दूध तथा दुग्ध व्यवसायको समग्र विकासमा महत्वपूर्ण योगदान गर्दै आइरहेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले बताए । ‘नीतिगत तहमा भएका कमी कमजोरीलाई सुधार गर्न पहलकदमी गरिरहेको यस संस्था नेपालका डेरी उद्योगीका लागि आशा एवं भरोसाको केन्द्र बन्न सफल भएको छ,’ उनले भने ।
नेपालको डेरी क्षेत्रमा एसोसिएसनले पु¥याएका योगदान तथा गतिबिधिका बारेमा साधारणसभामा समिक्षा गरी भावि योजना तर्जुमा गरिने एसोसिएसनका लुम्बिनी प्रदेश अध्यक्ष एवं कार्यक्रम संयोजक थानेश्वर न्यौपानेले बताए । ‘कार्यक्रममा दुग्ध क्षेत्रका बारेमा छलफल तथा अन्तरक्रियासमेत गरिनेछ,’ उनले भने ।
नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष मेघराज भण्डारीले डेरी क्षेत्रका लागि लुम्बिनी प्रदेशले राम्रो सम्भावना बोकेको बताएका छन् । नेपालमा डेरी क्षेत्रको विकासका लागि एसोसिएसनले महत्वपूर्ण काम गर्दै आएको उनको भनाइ छ ।

नेपालको डेरी क्षेत्रको वर्तमान अवस्थाः
वि.स.२००९ सालमा काभ्रे जिल्लाको नालाबाट व्यावसायिक रुपमा डेरी व्यवसायको सुरुवात भएको हो । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको १३ प्रतिशत रहेकोमा दुग्ध क्षेत्रको मात्रै ९ प्रतिशत हिस्सा ओगटेको छ । दैनिक सङ्कलन उत्पादन ६२ लाख लिटर र दूध खपत ३१ लाख लिटर ९उत्पादनको ५० प्रतिशत मात्रै०, बजारमा आउन नसकेको दूध ३१ लाख लिटर रहेको छ । उपत्यकामा मात्रै दैनिक १० लाख लिटर दूध खपत हुन्छ । दैनिक ७ करोड बराबरको दूध बिक्री भइरहन्छ ।
निजी क्षेत्रको डेरी उद्योगमा अनुमानित लगानी ५० अर्ब रहेको छ भने ५० हजारले रोजगारी र निजी क्षेत्रले वार्षिक राजस्व तिर्ने रकम २ अर्ब रहेको तथ्याङ्कले देखाएको छ । दूध उत्पादन क्षेत्रमा ६ लाख परिवार किसान संलग्न ९अप्रत्यक्ष रुपमा परिवारका ५० लाख मानिस० भएर काम गरेका छन् । उत्पादनको फर्मल सेक्टरमा आउने दूध १७ प्रतिशत छ । नेपालका डेरीलाई साना, घरेलु मझौला र ठूला उद्योग गरी चार भागमा वर्गीकरण गरिएको छ । असोजदेखि फागुनसम्म बढी दूध उत्पादन हुने र चैतदेखि भदौसम्म कम उत्पादन हुने अर्थात् सुक्खा समय हो ।सन् १९५२ मा रसुवाको लाङटाङमा नेपालकै पहिलो चिज कारखानाको स्थापना, सन् १९५४ मा कृषि मन्त्रालयमा दुग्ध विकास शाखाको स्थापना, सन् १९६२ मा दुग्ध विकास बोर्डको स्थापना, सन् १९६६ मा पशु सेवा विभागको स्थापना, सन् १९६६ मा नेपालमा दुग्ध विकास संस्थान ९डिडिसी० को स्थापना, सन् १९७० देखि निजी क्षेत्रका दूध डेरी उद्योगको स्थापना भएपछि यी संस्थाहरुले दूधको बजारीकरण तथा दुग्ध व्यवसायीको क्षेत्रमा संस्थागत रुपमा विभिन्न काम गर्दै आएका छन् ।