नव किरण प्लसले मिति २०८१ साल पुष १६ गते विशेष सरसफाई र ह्विलचियर हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ स्थित नव किरण प्लसको कार्यालय क्षेत्र वरिपरि आयोजना गरिएको थियो, जहाँ सरसफाई अभियान सञ्चालन गरियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्री सुरेन्द्र लामाज्यू र नव किरण प्लसका अध्यक्ष श्री सुरेन्द्र शाहज्यूको विशेष उपस्थिती रहेको थियो। यस अवसरमा, तुल्सी बास्कोटालाई ह्विलचियर हस्तान्तरण गरिएको छ।

कार्यक्रमपछि, विभिन्न प्रस्तावहरूमा छलफल गरिएर आवश्यक निर्णयहरू पारित गरिएको थियो। नव किरण प्लसले आगामी दिनहरूमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यस कार्यक्रममा विशेष अतिथि नारायण हमाल ९नेपाली कांग्रेस युवा नेता०, बुद्धि लामा ९वडा सदस्य०, र अन्य स्थानिय प्रतिनिधिहरूको पनि उपस्थिती रहेको थियो।

नव किरण प्लसले आफ्नो आगामी योजनामा अझ धेरै सामाजिक सेवाहरू र सहयोग कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

नव किरण प्लसको प्रमुख कार्यहरू

सामुदायिक हेरचाह केन्द्रहरूस् नव किरण प्लसले ९ वटा सामुदायिक केयर सेन्टर सञ्चालन गर्दै एचआईभी संक्रमित व्यक्तिहरूलाई प्रत्यक्ष स्वास्थ्य सेवा, परामर्श, र मनोवैज्ञानिक सहयोग प्रदान गर्दछ।
एचआईभी रोकथामस् समुदायमा एचआईभी संक्रमणको रोकथामका लागि जनचेतना कार्यक्रम सञ्चालन गर्दै सुरक्षित अभ्यासहरूको प्रवर्द्धन गर्छ।
शिक्षा र सशक्तिकरणस् एचआईभीरएड्स प्रभावित बालबालिकाहरू र महिलाहरूलाई शिक्षामा पहुँच पुर्याउने र आत्मनिर्भर बनाउन विभिन्न तालिम र सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ।
पुनःस्थापना सेवास् एचआईभी संक्रमित व्यक्तिहरूलाई रोजगार र अन्य सामाजिक क्रियाकलापमा जोडेर समाजमा पुनःस्थापना गराउँछ। यसले उनीहरूको आत्मसम्मान र जीवनस्तर सुधार्न मद्दत पुर्याउँछ।
नव किरण प्लसले नेपालमा एचआईभीरएड्स प्रभावित व्यक्तिहरूको जीवन सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ र आगामी दिनहरूमा यसका सेवा र सहयोग कार्यक्रमहरूलाई अझ विस्तार गर्ने योजना बनाएको छ