च्याम्राङबेसी, एक वर्ष अघि विकट गाउँ बेथानचोक–१, च्याम्राङबेसीमा करिव दश करोड लगानीमा खुलेको मदानी डेरी प्रा.लि. दोश्रो वर्ष लाग्दासम्म पालिका कै सबैभन्दा ठुलो र बढी कर तिर्ने उद्योग बनेको छ । मदानी डेरीमा अहिले २२ जनाले रोजगारी पाएका छन भने एक हजार भन्दा बढी किसानहरु जोडिएर लाभान्वित बनेका छन ।
शनिबार दोश्रो वार्षिक उत्सवको अवसरमा डेरीका अध्यक्ष माधव दाहालले दक्षिण पहाडी भू–भागमा अवस्थित बेथानचोक, खानीखोला, महाँकाल र बागमती गाउँपालिका भित्र बसोवास गर्ने अधिकांश किसानलाई समेट्ने गरी उद्योग खोलिएको बताए । खेतीपाती र पशुपालन पेशामा निर्भर किसानले पशुपालन गरी दुध उत्पादनले जीविकोपार्जनको प्रमुख हिस्सा ओगटे पनि भौगोलिक विकटताका कारण बनेका कच्ची मोटर बाटो बर्षातको समयमा पहिरोका कारण नियमित सञ्चालन हुन नसक्दा यहाँका किसानले उत्पादन गरेको दुधले नियमित रुपमा बजार पाउन सकेको थिएन । यातायात अवरुद्ध हुँदा भरियाले बोकेर ढिलो बजार पुरÞ्याउँदा दुधको गुणस्तर खस्कने हुँदा किसानलाई लागत अठाउन मुस्किल परेको बेला यसै स्थानमा मदानी डेरी प्रा.लि स्थापना गरीएको बताए ।
मदानी डेरी प्रा.लि.ले कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भई खाध्य तथा गुण नियन्त्रण कार्यलयबाट खुवा, पनिर, नौनी, मर्जेला चिज र कञ्चन चिजको अनुज्ञा लिएको छ । दुई रोपनी आफ्नै जग्गामा भौतिक संरचना बनाई हालको अवस्था सम्म आईपुग्दा लगभग १० करोड भन्दा बढी रकम खर्च भईसकेको छ । दुध संकलन केन्द्रको संख्या ३६ वटा पुरÞ्याईएको छ । आवश्यक रहेका संकलन केन्द्रहरुमा भ्याट र जेनेरेटरहरुको व्यवस्था मिलाईएको, सुरुवाती चरणमा ७५० लिटर बाट सुरुभएको दुध संकलनलाई ८००० लिटर पुरÞ्याउन सफल भएको छ । कम्पनीको दुध प्रसोधन क्षमतामा वृद्धि गरि चिजका नयाँ उत्पादनहरु थप गर्नको लागि अत्याधुनिक मेसीन खरिद सम्झौता भैसकेको पनि अध्यक्ष दाहालले बताए ।
१९ करोड बराबरको बिक्रि आम्दानी गरेको डेरीको कर्पाेरेट कार्यालय तथा बिक्रि कार्यालय बनेपामा रहेको छ । कम्पनी नाफामुलक भन्दा पनी सेवा मुलक तथा समुदायको साझा धरोहरको रुपमा रहेकाले दुहुनु पशु क्षतीको राहत, दुहुनु पशु खरिदको लागि पेस्की, कम्पनीले बैंकहरु मार्फत सहुलियतपूर्ण कर्जा लगानी, विभिन्न सरकारी निकायको सहकार्यमा पशुपालन सम्बन्धी तालिमको व्यवस्था गर्दै आएको छ । अध्यक्ष दाहालले डेरीले दुध उत्पादन वृद्धि गर्न किसानलाई पशु खरिदको लागि पेश्की उपलब्ध गराउने।साँझ बिहान दुधसंकलनको व्यवस्था मिलाउने ।उत्याधुनिक प्रविधि प्रयोग गरि चिजका नयां उत्पादनहरू गर्ने । उत्पादित सामग्रीहरुलाई चाण्डीड सहितको चाकस बन्धी गरी बजारमा परिचित गराउने।स्थानीय शेयर धनीहरुको प्रतिनिधित्व भएको व्यवस्थापन समितिलाई थप कृयाशिल र गतिशिल बनाउने ।दुध उत्पादन बुद्धिका लागि राजधानी डेरी र मदानी डेरीकी संयुक्तकोष खडा गरी बैंक सम्म पहुँच नपुग्ने किसानलाई अति न्यून व्याजदरमा गाई भैसी खरिद गर्न पूँजी उपलब्ध गराउने । वर्षभरीमा सबैभन्दा धेरै दुध उत्पादन गरी मदानी डेरीमा विक्री गर्ने किसानलाई क्षेत्रगत सम्मान तथा पुरस्कार वितरण गर्ने तथा कर्मचारीमो कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने । दुध संकलन तथा प्रसोधन क्षमतालई अगामी ५ बर्ष भित्र ४०,००० लिटर पुरÞ्याउनेलयायत रहेको बताए ।
शनिबार आयोजित दोश्रो वार्षिक उत्सवका प्रमुख अतिथी एवं वेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले किसानको माग र आवश्यकता अनुसार पालिकाले योजना बनाउने भन्दै पालिका कै ठुलो उद्योगको रुपमा रहेको मदानी डेरीले ठुलै सहयोग गरेको बताए । बाढी पहिरोको विपद्मा पहिलो सहयोग गरेर मदानी डेरीले पालिकालाई समेत काम गर्ने उर्जा भरेकोमा उनले खुलेरै प्रशंशा गरे ।
कार्यक्रममा वेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना, वेथानचोक गाउँपालिका नि.अध्यक्ष प्रेम बहादुर तिमल्सिना, वेथानचोक–१, का वडा अध्यक्ष मधुसुधन तिमल्सिना, महांकाल–५, का वडा अध्यक्ष भुमिनन्द घिमिरे, बागमती–७, का वडा अध्यक्ष होमप्रसाद बजगाई, डेरीका सञ्चालक एवं राष्ट्रिय सहकारी बैकका सञ्चालक रामहरी बजगाई, राजधानी डेरीका अध्यक्ष राजकुमार दाहाल, नव क्षितिज साप्ताहिक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक नवराज बजगाई, ग्लोबल आईएमई बैक बेथानचोकका रमेश दाहाल, प्राईम बैक पनौतीका पदमलाल श्रेष्ठ,क्लव हिमालयनका प्रतिनिधि चन्द्र बहादुर श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । व्यस्थापक मधु दाहालले स्वागत मन्तब्य र कार्यक्रमको सञ्चालन कृषक समुहका व्यवस्थापक शशिबन्धक घिमिरेले गरेकोकार्यक्रममा उत्कृष्ट कर्मचारी, उत्कृष्ट किसानहरुलाई विभिन्न विधामा सम्मान र पशु क्षति राहत समेत वितरण गरिएको थियो । –नव क्षितिज साप्ताहिकबाट

हेर्नुस भिडियो