दृश्य बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।
सहकारी संस्थाका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा सहकारी महासंघका उपाध्यक्ष डि।बि बस्नेतको प्रमुख आतिथ्ययता रहेको थियोे । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका पदाधिकारीहरु, बेथानचोक गाउँपालिका वडा नं। ५ का वडाध्यक्ष राज कुमार वाइबा, अधिवक्ताहरु प्रल्हाद महत, भद्रमाया दाहाल र विनितादेवी पन्तको समेत उपस्थिति रहेको थियोे । संस्थाको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका प्रमुख अतिथि डि।बि। बस्नेतले पानसमा दिप प्रजज्वलनका साथ कार्यक्रमको ब्यानर वाचन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले यस्तो अवस्थामा पनि सहकारीले मुनाफा आर्जन गर्न सकेकोमा खुशी व्यक्त गर्दै सहकारी संस्थामा सही नेतृत्व भएकोले आगामी दिनमा समेत यो सहकारी संस्था निरन्तर अगाडी बढ्ने कुरामा आफू ढुक्क भएको बताए । कार्यक्रममा अध्यक्ष दाहाल,लेखा समिति संयोजक राजेश चालिसे, कोषाध्यक्ष दिप प्रसाद धमलाले विभिन्न प्रतिवेदन पेश गरिएकोमा संस्थाका साधारण सदस्यहरुद्धारा सर्वसम्मतीले अनुमोदन गरिएको छ।
कार्यक्रममा सहकारीको उत्कृष्ट बचतकर्ता तर्फ दुई जना शेयर सदस्य रूद्र प्रसाद दाहाल र राजु सापकोटा, उत्कृष्ट कारोबार तर्फ दुईजना शेयर सदस्य पार्वती घिमिरे र कर्ण बहादुर थापा तथा उत्कृष्ट कर्मचारी तर्फ सृजना दाहाललाई संस्थाले सम्मान प्रमाणपत्र सहित नगदबाट सम्मान गरेका थियो। सञ्चालक समितिको तर्फबाट कार्यक्रममा सदस्य शिव घिमिरेले स्वागत मन्तव्य र उपाध्यक्ष टिका प्रसाद घिमिरेले धन्यवाद ज्ञापन मन्तव्य राखेका थिए । कार्यक्रमको बीच, कार्यक्रममा उपस्थित अतिथिगढहरुलाई संस्थाको तर्फबाट मायाको चिनो स्वरुप घ्यू सप्रेम उपहार प्रदान गरिएको थियोे ।
त्यसै गरि आजै सम्पन्न सहकारी संस्थाको दोस्रो अधिवेशनबाट संस्थाको सञ्चालन कार्यसमितिको अध्यक्ष पदमा सर्वसम्मतीले प्रल्हाद दाहालको अध्यक्षयतामा सात सदस्यीय कार्य समिति चयन भएको छ ।
अध्यक्ष – प्रल्हाद दाहाल
उपाध्यक्ष – टिका प्रसाद घिमिरे
सचिव – रमेश सञ्जेल
कोषाध्यक्ष – दिप प्रसाद धमला
सदस्य – शिव घिमिरे
सदस्य – हुद राज तिमिल्सिना
सदस्य – बिन्दा तिमिल्सिना
लेखा समिति तर्फ
संयोजक – राजेश चालिसे
सदस्य – राम भक्त दाहाल
सदस्य – सरस्वती घिमिरे चयन हुनु भएको छ ।
उपाध्यक्षमा टिका प्रसाद घिमिरे, सचिवमा रमेश सञ्जेल, कोषाध्यक्षमा दिप प्रसाद धमला निर्वाचित भए । सदस्यमा शिव घिमिरे, हुदराज तिमिल्सिना र बिन्दा तिमिल्सिना निर्वाचित भए।
त्यस्तै, लेखा समिति संयोजकमा राजेश चालिसे, सदस्यमा राम भक्त दाहाल र सरस्वती घिमिरे चयन भएका छन् । सहकारी महासंघका उपाध्यक्ष डि।बि बस्नेतको प्रमुख आतिथ्ययता कार्यक्रम भएको हो ।








