नेपाल डेरी एसोसिएसन बाग्मती प्रदेशको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन बाग्मती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेको अध्यक्षयतामा, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य रामभक्त दाहाल, संस्थाको संस्थापक सदस्य राजन प्रसाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, मनोज घिमिरे, केन्द्रीय सदस्यहरु शिव घिमिरे, नवराज तिमिल्सिना, रवि थापा लगायत जिल्ला र प्रदेशका पदाधिकारीहरुको उपस्थिती रहेको थियोे ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै डेरी उद्योग संघका अध्यक्ष राज कुमार दाहालले हामी जो जहाँ भए पनि हाम्रो काम एकै प्रकारको भएकोले मिलेर जानु पर्नेू कुरा राखे । संस्थाका संस्थापक सदस्य राजन दाहालले स्थापनाकालको स्मरण गराउँदै नेपाल डेरी एसोसिएसन निरन्तर दुग्ध क्षेत्रको विकास र हितमा लागिरहेको र आगामी दिनमा समेत निरन्तर लागिरहने कुरा बताए । एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले हामी जहिले जुनसुकै परिस्थितिमा पनि दुग्ध क्षेत्रको सर्वपक्षीय हितमा लाग्ने बताए । कार्यक्रमका प्रमुख अतिथि डा. राजेन्द्र प्रसाद यादवले दुग्ध विकास क्षेत्रको समग्र हितका लागि सबै सरोकारवाला पक्षहरु मिलेर जानु पर्ने कुरामा जोड दिए ।

उक्त कार्यक्रममा एसोसिएसनको तर्फबाट प्रदेश उपाध्यक्ष गोपाल तिमल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष ध्रुव तिवारीले राखेका थिए । त्यसैगरी कार्यक्रममा शुभकामना मन्तब्य तथा कार्य पत्र प्रस्तुतिमा गम्भिर छलफलको बीच अनुमोदन भई बन्द सत्र समापन भएको थियोे। कार्यक्रममा दुग्ध क्षेत्रमा सहयोग पुर्‍याउने पत्रकारहरुलाई सम्मान गरिएको थियो । सम्मानित पत्रकारहरुमा ईमेज टेलिभिजनकी प्रमिला खतिवडा, आर्थिक पत्रकार सरोज ओझा, न्युजलाइन अनलाइनका राजु भट्ट, टक्सारका सम्बादाता अनुप आचार्य त्यसै गरि बागमती अन्तर्गत जिल्लाका एक जना उद्योग र किसानलाई समेत सम्मान गरिएको थियो।

एसोसिएसनको तेस्रो अधिवेशनबाट बागमती प्रदेश नेपाल डेरी एसोसिएसनको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः टीका प्रसाद घिमिरेको अध्यक्षयतामा नौ सदस्यीय कार्यसमिति सर्वसहमत रुपमा चयन भएको छ ।
आजै सम्पन्न अधिवेशनबाट नेपाल डेरी एसोसिएसन बाग्मती प्रदेशका लागि देहायका पदाधिकारी सर्वसहमत चयन भएको छ ।
अध्यक्ष – टिका प्रसाद घिमिरे
उपाध्यक्ष – ध्रुब तिवारी
उपाध्यक्ष – गोपाल तिमिल्सिना
सचिव – श्याम घिमिरे
कोषाध्यक्ष – दिपक सन्जेल
सहसचिव – टेक तिमिल्सिना
सह कोषाध्यक्ष – राज कुमार वाइबा
सदस्य – भानु श्रेष्ठ
सदस्य – ज्ञान रत्न तामाङ
सदस्य – अजित बजगाई
सदस्य – भुवन थापा

नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला कार्यसमिति तर्फ तपशिलका पदाधिकारी एंव सदस्यहरु सर्वसहमत चयन भएका छन् ।
अध्यक्ष – जयराम घिमिरे
उपाध्यक्ष – लिलानाथ दाहाल
सचिव – देवराज बजगाईं
सह(सचीव – केदार चेतनाथ दाहाल
कोषाध्यक्ष – प्रकाश काराखेती
सदस्य– भिमसेन घिमिरे
सदस्य – कुल प्रसाद धमला
सदस्य – श्याम प्रसाद तिमिल्सिना
सदस्य – चन्द्र कुमारी के।सी बाँस्तोला
कार्यक्रममा उपस्थिति सबै अतिथिहरुलाई मायाको चिनो स्वरुप घ्यु उपहार दिइएको थियो भने कार्यक्रम संचालन सचिव श्याम घिमिरेले गरेका थिए ।