पिपुल्स बचत तथा ऋण सहकारी संस्था लि.को महिला सशक्तिकरण तथा बाल विकास उप–समितिको आयोजनामा शनिबार बनेपा, तीनदोबाटोमा रहेको मुख्य कार्यालयमा ‘धुप बनाउने तालिम’ सम्पन्न गरिएको छ । उक्त तालिममा ४० जनाको सक्रिय सहभागीता रहेको थियो । सो कार्यक्रममा समिति, उप–समिति तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
सो एक दिने तालिम उप–समिति संयोजक रिजना भण्डारीले संयोजन गर्नु भएको थियो । उद्घाटन कार्यक्रम संचालन तथा वित्तिय एवं प्रविधि साक्षरता प्रशिक्षण प्रबन्धक नवराज सापकोटा र तालिम प्रशिक्षण अञ्जु कुमारी श्रेष्ठले गर्नु भएको थियो । मन्तव्य राख्ने क्रममा उप–समिति संयोजक र तालिम प्रशिक्षकबाट तालिमको महत्व तथा समग्र बजार माथि प्रकाश पारिएको थियो । उक्त तालिममा उपस्थित हुनेमा संस्थाका अध्यक्ष निरन शाक्य, सचिव सन्तोष घिमिरे, सञ्चालक सदस्य कपिल प्रसाद दुलाल, द्वारीका गौतम महिला सशक्तिकरण तथा बाल विकास उप–समिति सदस्य अञ्जु कायस्थ, सविना मिश्र र सामुदायिक विकास उप–समिति सदस्य अप्सरा पुडासैनी सहभागी रहनु भएको थियो ।
समापन कार्यक्रम संचालन महिला सशक्तिकरण तथा बाल विकास उप–समिति सदस्य अञ्जु कायस्थले गर्नु भएको थियो । उक्त समापन कार्यक्रमका सभापतिबाट प्रशिक्षक अञ्जु कुमारी श्रेष्ठलाई सम्मान स्वरुप मायाको चिनो र प्रशंसा–पत्र प्रदान तथा प्रशिक्षार्थिहरुलाई प्रमाण–पत्र वितरण गर्दै सम्पूर्ण सहभागिलाई तालिम सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्नृु भएकोमा धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो ।