मंसिर–३०, आइतबार ग्लोरी मिडिया प्रा.लि. मार्फत एनटिभी प्लस र नेपाल टेलिभिजनमा प्रसारण हुने कार्यक्रम सचेतना को १५ औँ वर्षगाँठ तथा Kids talent 2024 प्रथम संस्करणको शुभ अवसरमा दुग्ध क्षेत्रको प्रवर्द्धन र मोही अभियान चलाई स्वदेशी उत्पादन उपभोगमा ठूलो योगदान गरि नेपालको कृषि क्षेत्रमा योगदान पुर्याए बापत नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष, शिक्षा सेवी एवं समाजसेवी प्रल्हाद दाहाल सम्मानित भएका छन् । सम्मानित दाहाल उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रको बोर्ड सदस्य, एन प्याब्सनका निवर्तमान केन्द्रिय सचीव, सहकारीका अध्यक्ष, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रिनियरका अध्यक्ष, रोटरी क्लब अफ कपनका उपाध्यक्ष लगायत विभिन्न क्षेत्रमा आवद्ध छन् ।
विगत १५ वर्षदेखि निरन्तर रूपमा संचालित सचेतनाका कार्यक्रम, ग्लोरी मिडिया प्रा।लि, एनटिभी प्लस र नेपाल टेलिभिजनले नेपाली समाजमा पुर्याएको योगदान अतुलनीय छ। यस संस्थाले समाजका विभिन्न पक्षलाई समेटेर जनचेतना फैलाउन पुर्याएको योगदान अविस्मरणीय छ। विशेष गरी यस वर्ष आयोजित ुग्लोरी टीन एन्ड किडस् ट्यालेन्ट्स २०२४ प्रथम संस्करणको सफलताले हामी सबैलाई उत्साहित बनाएको छ। यस कार्यक्रम मार्फत हामीले हाम्रा नयाँ पुस्ताका प्रतिभाहरूलाई उजागरण हुन ठूलो सहयोग पुग्ने नै छ ।
कार्यक्रम ग्लोरी मिडिया प्रा।लि र राज्य दैनिकको १५ वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजना गरिएको थियो । सो कार्यक्रमको अध्यक्षता सरोज ओझाले गरेका थिए भने प्रमुख अतिथिमा साल्ट ट्रेनिङ लिमिटेडका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष उर्मिला श्रेष्ठ रहेकी थिइन । कार्यक्रममा विभिन्न विद्यालयका प्र.अहरु, समाजसेवी, उद्योगी, कलाकार, अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्तिथि रहेको थियो।








