गत असोज ११ गतेदेखीको अविरल बर्षाको कारणले मातृभुमी नेपाल र बिशेष गरि काभ्रे जिल्लामा गएको बाढी पहिरो लगाएत प्राकृतिक प्रकोपबाट उत्पन्न आर्थिक, भौतिक एवं मानवीय क्षतिमा सहयोग स्वरुप काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले सहयोग गरेको छ ।
बिपत्तीमा थोरै भएपनी मल्हम लगाउने उद्देश्यले काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको अगुवाईमा दक्षिण कोरियामा करिव २० दिनजती सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको र उक्त अभियानमा संकलित रकममा संस्थाले ३ लाख थपगरी ४ पालिकालाई २÷२ लाख दिने गरी जिल्ला बिपत ब्यबस्थापन समितिमा जम्मा गरेको छ । संस्थाको सल्लाहकार सहित केन्द्रिय कमिटीको बैठकबाट पारित निर्णयअनुसार जिल्ला बिपत ब्यबस्थापन समितिको प्रतिवेदनमा समग्र क्षतिको क वर्गमा रहेका बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका, पनौती नगरपालिका र तेमाल गाउँपालिका लाई नेपाली रु.२÷२ लाखका दरले राज्यले अनुसरण गरेको एकद्वार सहयोग प्रणाली अनुसार सहयोग उपलब्ध गराएको काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका सदस्य दिनेश गौतमले जानकारी दिए ।