बनेपा, प्रभात बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–७, को १६औं वार्षिक साधारण सभा शनिबार संस्थाका अध्यक्ष सागरनाथ कपालीको अध्यक्षतमा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै संस्थाका अध्यक्ष कपालीले संस्थाका शेयर सदस्यहरुको सिप, क्षमता योग्यताको पहिचान र वर्गीकरण गरी आवश्यकता अनुसार योजना बनाई लगानीलाई उत्पादनसँग जोड्ने गरी संस्थाले कार्य गर्ने बताए । केहि सहकारीको बेथितिका कारण काभ्रेमा पनि सहकारीहरु प्रति हेर्ने दृष्टिकोण फरक भएकाले सहकारी हेरेर मात्रै कारोबार गर्न आग्रह गर्दै अध्यक्ष कपालीले प्रभात बचत सदैव सदस्यको हित रहने बताए ।
पत्रकार महासंघ काभ्रेका सल्लाहकार नवराज बजगाईले प्रभात बचत समुदाय र सदस्य केन्द्रित भएर चलेकै कारण स्थापित बनेको बताए । उपाध्यक्ष फिरोज शाक्यले स्वागत मनतव्य राखेको कार्यक्रममा सस्थाको वार्षिक प्रगती प्रतिबेदन सचिब सुमन चौ प्रधानले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष बलराम मानन्धरले र लेखा समितिको प्रतिबेदन संयोजक भरत दाहालले प्रस्तुत गरेका थिए । ९८९ जना शेयर सदस्य रहेको संस्थाको कुल शेयर पुजीं ५९ लाख रहेको छ । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, असली ऋणी, २०८० को एसईईमा उतिर्ण बाल सदस्यलगाएतलाई सम्मान गरिएको थियो ।