बनेपा, बनेपामा रहेको आवर स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेड १२औ वर्ष पुरा भई १३औं वर्ष प्रवेश गरेको छ । शनिबार संस्थाको बार्षिक साधारण सभा संस्थाका जेष्ठ सदस्य गौरिशंकर मानन्धरको प्रमुख आतिथ्यता तथा अध्यक्ष रत्नकुश रञ्जितकारको अध्यक्षतामा सम्पन्न भएको हो ।
संस्थाले आर्थिक वर्षको अन्त्य सम्ममा ८२ लाख ९९ हजार १ सय रुपैयाको शेयर पुँजी संकलन गरेको छ भने १३ करोड २२ लाख ८९ हजार ५ सय ५२ रुपैयाको निक्षेप संकलन गरेको छ । १२ करोड १३ लाख ५२ हजार ३ सय २१ रुपैया ऋण लगानी गरेको संस्थाले १ करोड ८३ लाख १२ हजार ४ सय ९६ रुपैया आम्दानी गरेको प्रवन्धक राजाराम घोरसाईनेले बताए । कार्यक्रममा संस्थाका अध्यक्ष रत्नकुश रञ्जितकार, उपाध्यक्ष ठाकुरप्रसाद बजगाई, सचिव बुद्धभक्त रञ्जित, कोषाध्यक्ष सर्जुकुमार रञ्जितकार, लेखा समिति संयोजक सदिना रञ्जितलगायतले संस्थाले गरेका विविध कृयाकलापका साथै आर्थिक, बार्षिक र प्रगति प्रतिवेदनका बारेमा जानकारी गराएका थिए ।








