बनेपा, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको सभापतिमा देवेन्द्र प्रसाद भैल निर्वाचित भएका छन् । हिजो बनेपामा भएको निर्वाचनमा प्रतिस्पर्धि विदुर प्रसाद घिमिरेलाई ३८ मतले हराउदै भैल सभापतिमा निर्वाचित भएका हुन् । मत परिणाम अनुसार भैलले १ सय ३ र घिमिरेले ६५ मत प्राप्त गरेका थिए ।
जसको उपसभापतिमा ज्ञानबहादुर तामाङ, महिला उपसभापतिमा पुष्पा खड्का बस्नेत, मन्त्रीमा राजु सिग्देल, उपमन्त्रीमा प्रदिप के.सी, कोषाध्यक्षमा प्रेमबहादुर तामाङ, उपकोषाध्यक्षमा विनोद प्रसाद कोइराला र सदस्यहरुमा रामकुमार श्रेष्ठ, माधवप्रसाद नेपाल, कृपेन्द्र श्रेष्ठ, दामोदर श्रेष्ठ, विलबहादुर श्रेष्ठ, जगन्नाथ गिरी, उपदेश भुजेल निर्वाचित र महिला सदस्यहरुमा सजिना श्रेष्ठ, भवानी के.सी. र शान्ती खत्री निर्विरोध निर्वाचित भएका थिए ।








