काभ्रेको बाढी पहिरो संकटग्रस्त पालिका पनौती नगरपालिकालाई नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रेले शाखाको विपद् कोषमा संकलित र जम्मा भएको नगद तथा जिन्सि लगायतका सामानहरु हस्तान्तरण गरेको छ ।
मंगलबार नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाका अध्यक्ष नितेश राजभण्डारीको नेतृत्वमा केन्द्रिय सदस्य शर्मिला अधिकारी, केन्द्रिय सदस्य सिद्धि बहादुर कर्माचार्य जिल्ला महासचिव सन्तोष दाहाल, उपसचिव स्वदेश श्रेष्ठ, महिला उद्यमी समिति अध्यक्षः रेणुका श्रेष्ठलगायतका उद्धमीहरुको उपस्थितिमा उद्यमीहरुबाट संकलित रकम पनौति नगरपालिकामा विपद् व्यवस्थापनका लागि निर्मित कोषमा जम्मा गर्ने गरि नगर प्रमुख रामशरण भण्डारीलाई चेक हस्तान्तरण गरिएको महासचिव सन्तोष दाहालले जानकारी दिए ।








