बनेपा, आभाष बचत तथा ऋण सहकारी संस्था लि.को १५ र्औ बार्षिक साधारण सभा शनिबार बनेपामा सम्पन्न भएको छ ।
सभाका प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले सहकारीकोे भिडमा आभाषले आफूलाई फरक रुपमा उभ्याउन सफल बनेको भन्दै आभाषमा ढुक्कले कारोबार गर्न आग्रह गर्नुभयो । सहकारीको मूल्य मान्यतालाई अघि बढाउँदै सहकारीले यस्तो आर्थिक मन्दीमा समेत राम्रो मुनाफा कमाउँदै सामाजिक रुपान्तरणको कार्यमा सहकारी आबद्ध भएको उहाँले उल्लेख गर्नुभयो ।
जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठले काभ्रेको सहकारीको विकासको ईतिहास लामो भएको बताउँदै जिल्ला सहकारी संघले प्रारम्भिक सहकारीको विकासमा निरन्तर प्रयास गर्ने बताउनुभयो । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा संस्थाका प्रमुख सल्लाहकार सुरकृष्ण वैद्यले १५ बर्षमा आभाष साकोसले गरेको सामाजिक उत्तरदायित्वको प्रशंसनीय भएको बताउनुभयो ।
संस्थाका अध्यक्ष दिनेश कायस्थको अभ्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ग्रोबिन तौजले स्वागत, सचिव प्रकाश कायस्थ, कोषाध्यक्ष धर्मभक्त प्रधान, लेखा समितिको संयोजक विकास वैद्यले आफ्नो प्रतिवेदन पेस गर्नुभयो । प्रमुख प्रबन्धक सुवास वैद्यले संचालन गरेको कार्यक्रममा उत्कृष्ट बचतकर्ता रामप्रसाद वैद्य, अनिता जस्पाउ, असल ऋणी अर्जुन खड्का, बाल बचतकर्ता रियास श्रेष्ठ, एसईई सम्मान प्रशिल वैद्य र ईभ मानन्धर तथा उत्कृष्ट कर्मचारी सलिल साजबाहकलाई सम्मान गरिएको थियो ।
सभाको बन्द सत्रले ग्रोबिन तौजलेको अध्यक्षमाा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा प्रकाश कायस्थ, सचिवमा धर्मभक्त प्रधान, कोषाध्यक्षमा सुर्यकुमार रंजित तथा सदस्यहरुमा कृष्णभक्त मुनाकर्मी, सुरेन्द्रकाजी मानन्धर, सुन्दरकाजी मानन्धर, राजन कायस्थ, निर्मला दुवाल श्रेष्ठ, शुभराज जोशी चयन भएका छन् । लेखा समितिको संयोजकमा विकास वैद्य र सदस्यमा हिरामणी शर्मा तिमल्सिना र सरोजकाजी पलाञ्चोके रहेका छन् ।








