बनेपा, पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाको १८ औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षता र वागमती प्रदेश सभा सदस्य कञ्चन चन्द्र बादेको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ ।
सभाको बन्दसत्रले पुन निरन शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा देवेन्द्र श्रेष्ठ, सचिवमा सन्तोष कुमार घिमिरे, कोषाध्यक्षमा पवन राज कर्णजीत, सह सचिवमा सुमन श्रेष्ठ तथा सदस्यहरुमा मञ्जु कायष्ठ, कपिल प्रसाद दुलाल, द्वारीका गौतम, रिजना भण्डारी, नवराज तिमल्सिना, सुलोचना श्रेष्ठ र लेखा सुपरिवेक्षण समिति संयोजकमा ऋषिराम गौतम तथा सदस्यहरुमा विष्णुभक्त श्रेष्ठ र आक्रोस श्रेष्ठ सर्वसम्बत निर्वाचित भएका हुन ।
सभाको उद्घाटन गर्दै प्रमुख अतिथी बादेले पिपुल्स साकोस सहकारी ऐन नीति र नियममा सञ्चालन भएका कारणले आज सदस्यहरुका माझ ढुक्कले कार्यक्रम गर्न सफल भएको बताए । सहकारी भन्दा आम मानिसले जिब्रो टोक्ने समयमा पिपुल्स साकोसले सदस्यहरुको मन जित्न सफल भएकोमा उनले धन्यबाद दिएका थिए । सहकारीका विषयमा राजनिति गर्ने नेता देखि सहकारीका नेताहरुको सम्म सञ्चार माध्यममा कुरा आईरहेको हुदाँ सहकारी छानबिन समितिले काम गरिरहेको समयमा आफुहरुले केही बोल्न नमिल्ने बताए । प्रदेश सरकारले पनि सहकारीहरुको समस्यका बारेमा काम गरिरहेको बादेले बताए । कार्यक्रममा संस्थाका अध्यक्ष निरन शाक्यले सहकारीको मर्म, भावना सिद्धान्त र मुल्य मान्यतालाई शत प्रतिशत अंगिकार गरी संस्थालाई थप उचाईमा पुग्नलाई उक्त साधारण सभाले निर्देश गर्ने विश्वास लिएको बताए ।
संस्थाले सदस्य सेवा कार्यक्रम अन्र्तगत मोबाइल बैंकिङ्ग सेवा, उत्कृष्ट बचतकर्ता एवं ऋणी सम्मान, एस ई ई विद्यार्र्थी सम्मान, नवजात शिशु र जेष्ठ सदस्यलाई निःशुल्क सदस्यता वितरण, विभिन्न कम्पनीहरुको रेमिट्यान्स सेवा, मोवाईल रिचार्ज सेवा/टेलिफोन तथा विजुली भुक्तानि सेवा, न्यनतम ५ हजार रकम भएका शेयर सदस्यहरुको १ लाख सम्म दुर्घटना बीमा, स्वास्थ्य उपचार सेवा, परिवार समवेदना राहत, सदस्य साक्षरता शिक्षा, सदस्यलाई संरक्षित पूँजी फिर्ता कोष रकम वितरण, २०६५ साल बाट शुरु गरिएको १५ वर्षे दीर्घकालिन बचत योजनामा आबद्ध ३१ जना सदस्यलाई ७४ लाख रकम फिर्ता जस्ता सदस्य हित कार्यक्रमहरु गरेको अध्यक्ष निरन शाक्यले बताए ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सचिव देबेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन कोषाध्यक्ष सन्तोष कुमार घिमिरेले र लेखा सुपरिबेक्षण प्रतिवेदन संयोजक रजिब श्रेष्ठले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पूँजी २ करोड ९३ लाख ८५ हजार, निक्षेप संकलन २७ करोड ४६ लाख ९९ हजार, ऋण लगानी २३ करोड ४ लाख ९३ हजार, जगेडा कोष १ करोड ६८ लाख २२ हजार लाख र शेयर सदस्य एवं बाल बचत कर्ता समेत ६ हजार ३ सय ९ जना पु¥याउन सफल भएका छ ।
रहेको छ । कार्यक्रममा नेफ्स्कुनका कोषाध्यक्ष दिपक थापा, जिल्ला सहकारी संघ लि.का अध्यक्ष अमन पोटे, जिल्ला बचत सघंका सह–सचिव विकास बादे, राष्ट्रिय सहकारी बैक बनेपा शाखा प्रमुख उपेन्द्र दाहाल लगाएतले शुभकामना मन्तब्य राखेका थिए । सो अबसरमा उत्कृष्ट कर्मचारी विधा अन्र्तगत आफ्नो जिम्मेवारी पुरा गर्दै अनवरत रुपमा कार्य सम्पादन गर्दै आउनुहुने वरिष्ठ सहायक सालु वादे र सहायक शुसिला श्रेष्ठलाई सम्मान गरिएको उद्घाटन सत्रमा कार्यक्रम समापन उपाध्यक्ष पवन राज कर्णजीतले, सञ्चालन लेखा सुपरिबेक्षण समिति संयोजक रजिब श्रेष्ठले गरेका थिए ।