सेयर बजार घट्दै जाँदा कारोबार रकम पनि सुक्दै गएको छ । अघिल्लो दिन सोमबार ९ अर्ब ४३ करोडको कारोबार भएकोमा आज मंगलबार ७ अर्ब २४ करोडमै खुम्चियो ।

आइतबार १० अर्ब १२ करोडको कारोबार भएको थियो । साउन अन्तिम दिन बजारमा २९ अर्ब ९५ करोडको कारोबार भएकोमा त्यसयता घट्दै गएको छ । कारोबार रकमसँगै परिसूचक पनि ओर्लिइरहेको छ ।
मंगलबार १३।०९ अंकले नेप्से परिसूचक घटेको छ । यो गिरावटपछि नेप्से २६३२ अंकमा कायम भएको छ । यस दिन ६७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ८ को स्थिर रह्यो ।

 

यस दिन होटल तथा पर्यटन क्षेत्रको सूचक स्थिर रह्यो भने व्यापार समूह ०।७९ प्रतिशत बढ्यो । अरु सबै घटे । बैंकिङ ०।११, विकास बैंक ०।६९, फाइनान्स ०।९९, हाइड्रोपावर ०।७१, लगानी ०।५३, जीवन बीमा ०।७६, उत्पादन ०।६८, माइक्रोफाइनान्स ०।९१, निर्जीवन बीमा ०।४०, अन्य ०।४४ प्रतिशत घटे ।

मानुषी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । थ्रीस्टार हाइड्रोको ९।९, अपर स्याङ्गे हाइड्रोपावरको ७।५४, आत्मनिर्भर लघुवित्तको ५।८ प्रतिशत मूल्य बढ्यो । त्यस्तै स्वरोजगार लघुवित्तको ५।९१, मुक्तिनाथ कृषि कम्पनीको ४।७, महिला लघुवित्तको ४।४ तथा पिपुल्स हाइड्रोपावरको ४।१ प्रतिशत मूल्य घट्यो ।