नेपाली कांग्रेस काभ्रे श्रमिक तथा ट्रेड युनियन शाखा प्रमुख सन्तोष गौतमको अगुवाईमा नेपाल यातायात मजदुर संघका अध्यक्ष रामहरि गौतमसहितले काभ्रे जिल्लाका बिभिन्न रुटहरुमा चल्ने सार्वजनिक बसका चालकहरुलाई सुरक्षित यात्रा बारे सोमबार पर्चा वितरण गरेका छन ।
अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ इङ्ल्यान्ड (आईटिएफ) सँग आबद्ध नेपाल यातायात मजदुर संघले काभ्रे जिल्लाको बिभिन्न रुटहरु अरनिको, पनौति, धुलिखेललगायत रुटहरुमामा (action week) Safe rates 2024 सम्पन्न गरेको हो ।