बनेपा, बनेपाबाट सञ्चालन हुनेगरी आर्दश बहुमुखी क्याम्पस संचालनमा आएको छ । जसमा कक्षा १२ उर्तिण गरेका विद्यार्थीहरुका लागि स्नातक तहमा चार वर्षे विविएस र विएएलएलबी प्रस्तावित गरिएको छ ।
क्याम्पसद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चालक रामप्रसाद तिमल्सिनाले कक्षा १२ उत्तिर्ण गरेर विदेश जाने विद्यार्थीको चाप रोक्ने प्रयास गर्दै ब्यवहारिक र सैद्धान्तिक ज्ञान दिदै यही देशमा केहि गर्न सक्ने योग्य नागरिकमा रुपान्तरण गर्ने लक्ष्यका साथ क्याम्पस सञ्चालन गरेको बताए । आदर्श विद्या मन्दिर विद्यालय स्थापना भएको २१ बर्ष पुरा भईसकेको र यसै बर्ष देखि स्नातक तहको अध्यापन शुरु गरि सकेको बताए । गुणस्तरिय शिक्षा प्रदान गर्ने कार्यमा उच्तम नविनतम प्रविधिको प्रयोग गर्दै शिक्षण गर्दै आएको छ । यस विद्यालयबाट उच्च शिक्षा हासिल गरेका यस विद्यालयमा शिशु कक्षा देखि स्नातक तह सम्मको पढाईमा कक्षा ११ र १२ मा विज्ञान, ब्यवस्थापन, ब्यापार तथा बाणिच्य, कानून तथा न्याय र कम्प्युटर साईन्सको पढाई हुँदै आएको छ । विगत सातवर्षदेखि न्यायालयमा सर्वसाधारणको सम्पर्क हुने मध्यस्तरको जनशक्ति तयार पार्न कक्षा ११ र १२ मा विज्ञान, ब्यवस्थापन, ब्यापर तथा बाणिव्य, कानून तथा न्याय र कम्प्युटर साईन्सको पढाई हुँदै आएको छ भने यस वर्षबाट स्नातक तह संचालन गर्ने तयारी गरेको हो ।
स्नातक तहमा विद्यार्थीको सिर्जनशीलतालाई सकेसम्म व्यवहारिक बनाउन सकियोस् भनेर करियर काउन्सिलिङ, कमजोर विद्यार्थीलाई सिकाई सहजीकरण कक्षा साथै पृष्ठपोषण, अभिभावकसँगको नियमित सम्पर्क, जिम्मेवारपूर्ण सिकाइका लागि अनुभवी शिक्षक, विषय विशेषज्ञको विज्ञतालाई प्रयोग गर्दै व्यवस्थापन संकाय तर्फका विषयहरु पढाई हुन्छन । साथै क्याम्पसबाट उत्पादित विद्यार्थीहरु विभिन्न क्षेत्रमा ब्यवस्थापनका लागि सहजिकरण गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । अध्यक्ष रामकृष्ण आचार्य, क्याम्पस प्रमुख तीर्थराज दाहाल, पुर्व क्याम्पस प्रमुख धुर्व प्रसाद भट्टराई लगायतले क्याम्पस स्थापना, ब्यवस्थापन र आगामी कार्यक्रम तथा लक्ष्यका बारेमा जानकारी गराएका थिए ।