महिलाहरूको विशेष चाड हरितालिका तीजको अवसरमा तीज विशेष एल्बमहरू बजारमा आउने क्रम अझै जारी रहेको छ । यसै क्रममा तीज विशेष गीत बारुले कम्मर भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ । सार्वजनिक भए लगत्तै चर्चामा रहेको गीतमा शोभा क्षेत्रीको एकल सुमधुर आवाज रहेको सो गीत गायिका आफैले लेखेका हुन ।
उक्त शब्दमा मनछुने संगीत भने रमा थापाले गरेका छन । राजिभ शाहको म्युजिक एरेन्जमा अडियो समापन गरिएको छ भने छबि थापाद्वारा म्युजिक भिडियोको निर्देशन तथा कोरीयोग्राफी र कथा निर्माण भएको छ । सुनिल भण्डारीको छायाङ्कनमा सजिएको उक्त म्युजिक भिडियोमा शोभा क्षेत्रीको धमाकेदार अभिनयमा म्युजिक भिडियो निर्माण भएको छ । उक्त म्युजिक भिडियोलाई शोभा क्षेत्री अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । –नव क्षितिज साप्ताहिकबाट
हेर्नुस भिडियो








