नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाको गत असार २८ गते सम्पन्न सातौ अधिबेशन तथा छैटौ महिला उद्यमी भेलाबाट निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन भएको छ ।
शुक्रबमर बनेपामा आयोजित कार्यक्रममा निर्वाचितहरुले पदस्थापन गरेका हुन् ।
अध्यक्ष नितेशराज भण्डारीको अध्यक्षता, नेपाल घरेलु तथा साना उद्योग महासंघका बरिष्ठ उपाध्यक्ष सुर्यबहादुर कँडेलको प्रमुख आतिथ्यता र महासचिव सन्तोष दाहालको सञ्चालनमा भएको कार्यक्रममा संघका केन्द्रिय महासचिव डम्बरप्रसाद रेग्मी, नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समितिका केन्द्रिय अध्यक्ष रोशनी उपाध्याय, केन्द्रिय कोषाध्यक्ष अच्युतप्रसाद पाण्डे, काभ्रे जिल्ला इन्चार्ज पुर्णप्रसाद पाण्डे, केन्द्रिय सदस्य सिद्धिबहादुर कर्माचार्य, काभ्रे उद्योग बाणिज्य संघका महासचिव रजित पलाञ्चोके, निर्वाचन कमिटीका सह संयोजक निर्मल त्रिपाठी, सदस्य कमला लामा, काभ्रे शाखा सल्लाहकार राममन्दिल श्रेष्ठ, काभ्रे शाखाका पुर्व अध्यक्ष सिद्धिबहादुर जोशी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य महिला समितिका अध्यक्ष रेणुका श्रेष्ठले गरेकी थिईन् भने धन्यवाद ज्ञापन उपाध्यक्ष निर्मला ताम्राकार बैदारले गरेकी थिईन् ।
असार २८ गते सम्पन्न अधिबेशनबाट घरेलु तथा साना उद्योग महासंघमा अध्यक्ष नितेश राजभण्डारी, निर्वतमान अध्यक्ष सुबासना श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष रमन श्रेष्ठ, उपाध्यक्ष निर्मला ताम्राकार बैदार, महा सचिव सन्तोष दाहाल, सचिव विदेश श्रेष्ठ, कोषाध्यक्ष सुबास श्रेष्ठ र सदस्यहरुमा शोभा खड्का, तारा भट्टराई बजगाई ,कान्छि थापा मगर, केशवराज त्रिपाठी, समिता श्रेष्ठ, हरिबोल थापा, सुबासचन्द्र सुनुवार, मंगललाल सुवाल, सिकेश मानन्धर, र इशान महानन्धर निर्वाचित भएका थिए । त्यस्तै महिला समितिको अध्यक्षान रेणुका श्रेष्ठ, निर्वतमान अध्यक्ष निर्मला ताम्राकार बैदार, बरिष्ठ उपाध्यक्ष चन्द्रमाया श्रेष्ठ, उपाध्यक्ष लक्ष्मी श्रेष्ठ, सचिव विमला श्रेष्ठ पलाञ्चोके, कोषाध्यक्ष कल्पना राजभण्डारी र सदस्यहरुमा सुनिता बैद्य, नारायणदेवी सेवाचार्य, चन्द्रलक्ष्मी मानन्धर, सुमना ताम्राकार, शोभा नकर्मी, कल्पना श्रेष्ठ, निरमाया तामाङ, सरिता श्रेष्ठ भोक्षिभोया, सुर्यामाया लामा, प्रविना सेवाचार्य र मिरा श्रेष्ठ निर्वाचित भएका थिए ।








