नेपाली समाजमा कुनै पनि व्यक्तिलाई कुनै पनि समयमा अप्ठेरो र कठिन अवस्था आउने गर्छ चाहे त्यो पारिवारिक वा माया प्रेममा नै किन नहोस् । त्यो बेला मान्छेको मस्तिष्क नकारात्मक सोच्न बाध्य हुने गर्दछ । यस्तो अवस्थामा मनिसले प्राय मदिरा सेवन गरेर आफ्नो पिर ब्यथा भुलाउने गरेको देखिन्छ । यस्तै यस्तै कथामा आधारित रहेर निर्माण भएको म्युजिक एल्बम हो–मदहोश नशा । जुन हालै नेपाली सांगितिक बजारमा आएको छ ।
निकेश श्रेष्ठको मनछुने शब्द रचना तथा रामहरी न्यौपानेको सुमधुर आवाजमा रहेको मदहोश नशालाई रामकृष्ण पोखरेलले म्युजिक भिडियोमा उतारेका छन । जितकृष्ण श्रेष्ठ निर्माता, रामकृष्ण पोखरेलको कथा निर्देशन रहेको छ । रामकृष्ण पोखरेल, निकेश श्रेष्ठ, प्रजुन कुमार तोलाङ्गे, रसिला कार्कीलगायतको अभिनय तथा सजिना श्रेष्ठको नृत्य रहेको रहेको भिडियोमा बल कुमार राईको छायांकन र प्रजुन कुमार तोलाङ्गेको भिडियो संपादन रहेको छ ।

भिडियो