चलचित्र निर्माता, थ्रिएटर निर्देशक एवं म्यूजिक भिडियो निर्देशक ठण्डा बहादुर अधिकारी (सास) बिगत लामो समयदेखि कला क्षेत्रमा सक्रिय रहेका छन । काठमाडौं जिल्लाको पेप्सीकोलाका उनी चलचित्र निर्माता, थ्रिएटर निर्देशक एवं म्यूजिक भिडियो निर्देशनमा ब्यस्त रहेका छन । उनै ठण्डा बहादुर अधिकारीसँगको छोटो कुराकानी यहाँ प्रस्तुत छ ः

० कहिले देखि यो क्षेत्रमा प्रवेश गर्नुभयो ?
३० वर्ष देखि निरन्तर छु ।

० यो क्षेत्रमा आउनु अघिको तपाईको जीवन ?
बिद्यार्थी जिवन साथ–साथै कलाकार तिर बढी रुचि हुन्थ्यो

० आएपछिको उपलब्धी ?
धेरै कुरा सिकेँ कलाकारहरु संग काम गर्ने मौका पाएँ । विभिन्न थ्रिएटरहरुमा नाटक निर्देशन गर्ने मौका मिल्यो । गुरु, दर्शक स्रोताको र्हौसलाले राम्रो भयो जीवनमा केही गरौँ भन्ने जोश जाँगर थियो त्यो । विभिन्न थ्रिएटरमा धेरै नाटक खेँले आफुलाई अब्बल कसरी बनाउने भन्नेमै अझै पनि अभ्यास गरिरहेको छु । नसा नसामा कला क्षेत्रलाई लिएको छु ।

० यही क्षेत्र रोज्नुको कारण ?
मनोरंजन मन पर्ने सानै देखि गीत सङ्गीत सुन्ने गर्थेँ भिडियो हेर्ने गर्थेँ बढी रुचि नै गीत सङ्गीतमा थियो । थ्रिएटर कलाकार र म्यूजिक भिडियो निर्देशनमा यही क्षेत्रले डोहोर्याएर लिएर आएको पनि ३० वर्ष भएछ ।

० यो क्षेत्रमा जम्न कतिको सजिलो छ ?
मिहिनेत लगनशीलता र निरन्तरको मिहिनेतले सफल हुने हो । समय लाग्छ समयलाई पर्खन सक्नुपर्छ ।

० यस क्षेत्रमा लागेर बाँच्न सकिन्छ ?
सकिन्छ मिहिनेत गरे फल राम्रो मिल्छ जति मिहिनेत हुन्छ सफलता त्यति नै हुन्छ निरन्तरता दिँदा राम्रो नै हुन्छ

० विकृतिहरु कतिका छन् ?
अहिले कलाक्षेत्रमा विकृति धेरै नै छ । न पूराना विशिष्ट व्यक्तिलाई सम्मान न अनुजलाई प्रोत्साहन क्षणिक खुसी हेर्छन । दिर्घकालिन सोच्दैनन् ।

० प्रतिस्पर्धा ?
प्रतिस्पर्धा त हुन्छ नै तर आफुले कस्तो प्रस्तुति कलाको माध्यमबाट सर्वसाधारण जनमानसमा दिन सकिन्छ । त्यसलाई दिर्घकालिन दिन सकियो भने धेरै वर्ष लामो घोडाको रेस जस्तै बन्न सकिन्छ ।

० यस क्षेत्रका समस्या के देख्नुभएको छ ?
सरकार बाट कुनै सयोग र समर्थन नभएकोले कलाकर्मीलाई आफू मै निर्भर भएर काम गरेर बाँच्नु पर्ने अवस्था छ ।

० समाधान कसरी देख्नुहुन्छ ?
सरकार बाट नीति नियम बनाएर सबै कलाकर्मी प्राविधिकलाई बिमा लगाएत देश बिदेशमा चलचित्र, नाटक प्रबर्द्धनमा सयोग पाए समाधान हुँदै जान्थ्यो कि ?

० आगामी योजना ?
लामो समय यो क्षेत्रमा बितेकोले आगामी दिन पनि निरन्तर लाग्ने र आफुले सिकेको सीप पछिको युवामा सुम्पिने मन छ यो क्षेत्र अझै ब्यस्थित गर्न तिर लाग्ने छु ।

० जीवन ?
जन्मे पछिको जीवन केही गर्ने जोस जागँर हुन्छ । संघर्षदेखि सुखसम्म जोडिएको हुन्छ जीवनको हरेक समय त्यति नै महत्वपूर्ण हुने गर्दछ । त्यसैले जीवन सिकाइमै बित्ने गर्छ जीवन हरेक पल सम्झन लाएक हुन्छ दुख सुख र भोगाइको कारण ।

० प्रेम ?
प्रेम धेरै प्रकार को हुने गर्द्छ कहाँ कस्तो प्रेम गर्ने आफुमा भर पर्दछ बच्चा देखि बुढासम्म गर्ने प्रेमको फरक फरक हुन्छ ।

० कलाकारिता ?
कलाकारिताबाट देश समाजको कला सँस्कृती झल्काउने देशको पहिचान हो र समाजमा राम्रो सन्देश मार्फत समाज परिबर्तनमा ठुलो भुमिका हुन्छ । आफुले गरेको गीत सङ्गीत फिल्मबाट समाज र देशमा बिकृती हटाउँदै जाने काम कलाकारको माध्यमबाट हुनु पर्द्छ । देशको गौरब सान नै कलाकारिता बाट झल्किनु पर्दछ ।

० अन्तमा केही भन्नु छ ?
नेपाली नाट्य् तथा फिल्म क्षेत्र नेपाल सरकारबाट नीति नियम बनाएर देश तथा बिदेशमा नेपाली नाटक, चलचित्रको प्रबर्द्धन सरकारबाट सहयोग हुनु पर्दछ । कलाकर्मी प्राविधिक सबैको गाँस बास तथा रोजगारीको ग्यारेन्टी सरकारबाट हुनु पर्छ । यो क्षेत्रलाई करको दायरमा ल्याएर सबैको जीवन सुरक्षित गर्नु पर्छ सरकारले भन्न चाहान्छु । –नव क्षितिज साप्ताहिकबाट